१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टुरिनोलाई पराजित गर्दै इन्टर दोस्रो स्थानमा



अ+ अ-

मिलान । इन्टर मिलानले सोमबार इटालीको सिरी ए मा टुरिनोलाई ३–१ ले हराएर अंक तालिकाको दोस्रो स्थानमा उक्लेको छ । इन्टर शीर्ष स्थानमा रहेको युभेन्ट्स भन्दा अझै आठ अंकले पछाडि छ र लिगमा ६ चरणका खेल बाँकी छन् ।

टुरिनो भने हारका बावजुत रेलिगेसन क्षेत्रबाट अझै पाँच अंक अगाडि छ । दोस्रो हाफमा एस्ली योङ र डिएगो गोडिनले गोल गरे र इन्टरलाई जित दिलाए ।

यसअघि आन्द्रे बेलोटीले टुरिनोलाई अग्रता दिलाएका थिए । खेलको अन्त्यतिर लउटारो मार्टिनेजले तेस्रो गोल गरे ।