३ पुष २०८२, बिहीबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने भोलि मात्र छुट्ने नेता तथा अगुवा सकारात्मक कार्यका लागि समाजप्रति समर्पित भएर लाग्नुपर्छः मन्त्री खरेल राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउछ: मुख्यमन्त्री पाण्डे वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै निर्वाचन नै अन्तिम विकल्प अर्थमन्त्री खनाल एमालेले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बोलायो पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह निवार्चनसम्बन्धी अध्यादेश जारी गर्न सिफारिस, जाँचबुझ आयोगको म्याद एक महिना थप नेकपा एमालेका नवनिर्वाचित पदाधिकारीहरूद्वारा शपथ ग्रहण रवि विदेश जानुपरे अदालतलाई पूर्व जानकारी गराउनुपर्ने, यस्तो छ अदालतको आदेश
तपाईं के खोज्दै हुनुहुन्छ ?

यू–१६ क्रिकेटः सुदूरपश्चिम छनोटको तालिका सार्वजनिक



अ+ अ-

बैतडी। एसिसी मेन्स यू–१६ इस्ट जोन कप, २०२५ को  सुदूरपपिश्चम छनोट बैतडीमा हुने भएको छ । प्रतियोगिता यही जेठ ८ गतेदेखि बैतडीको दशरथचन्द क्रिकेट रङ्गशाला, सुन्दरखालीमा हुने सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घका सचिव लक्ष्मणदत्त भट्टले जानकारी दिनुभयो ।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घ र बैतडी जिल्ला क्रिकेट सङ्घको संयुक्त आयोजनामा सञ्चालन हुने प्रतियोगिताको खेलतालिकासमेत सार्वजनिक गरिएको छ । प्रतियोगितामा नेपाल क्रिकेट सङ्घमा अबद्ध सुदूरपश्चिमका आठ जिल्लाको सहभागिता रहनेछ ।

सहभागी आठ टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा डडेल्धुरा, बैतडी, बझाङ र डोटी तथा समूह ‘बी’मा अछाम, कैलाली, कञ्चनपुर र दार्चुला छन् ।

यही जेठ ८ गते हुने पहिलो तथा उद्घाटन खेल बैतडी र बझाङबीच हुनेछ । सोही दिन हुने अर्को खेल डडेल्धुरा र डोटीबीच प्रतिस्प्रर्धा हुनेछ । जेठ ९ गते बैतडी र डडेल्धुरा र बझाङ र डोटीबीच हुनेछ भने जेठ १० गते डडेल्धुरा र बझाङ तथा बैतडी र डोटीबीच हुनेछ । जेठ ११ गते अछाम र कैलाली तथा कञ्चनपुर र दार्चुलाबीच हुने जनाइएको छ । साथै जेठ १२ गते अछाम र कञ्चनपुर तथा कैलाली र दार्चुला खेल्नेछन् ।

जेठ १३ गते कैलाली र कञ्चनपुर तथा अछाम र दार्चुलाबीच भिडन्त हुनेछ । जेठ १४ गते समूह ‘ए’ विजेता र ‘बी’को विजेता उपाधिका लागि खेल्नेछन् । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई प्रदेशको टोलीमा समावेश गरिनेछ ।

एशियन क्रिकेट काउन्सिलको कार्यक्रमअनुसार नेपाल क्रिकेट सङ्घले  एसिसी मेन्स यू–१६ इस्ट जोन कप २०२५ को छनोटका लागि यही महिनामा राष्ट्रिय प्रतियोगिता गर्दैछ । रासस