२० मंसिर २०८२, शनिबार
,
Latest
विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘ऊनको स्वीटर’ले अन्तर्राष्ट्रिय बजार तताउँदै: अमेरिका, अस्ट्रेलिया, जापान, कोरिया, मध्यपूर्व हुँदै युरोपसम्मको यात्रा



अ+ अ-

काठमाडौं। नेपाली सिनेमाको इतिहासमा आर्थिक र दर्शकीय सफलता दुवै हिसाबले उल्लेखनीय स्थान बनाएको चलचित्र ‘ऊनको स्वीटर’ अहिले देशभित्र र देशबाहिर एकसाथ चर्चा र प्रशंसामा रहेको छ ।

लेखक तथा निर्देशक नवीन चौहानको निर्माणमा बनेको यो चलचित्रले रिलिजको पहिलो सातामै नेपालमै ५ करोड ७५ लाख रुपैयाँ ग्रस कलेक्सन गर्दै वर्षकै पहिलो ‘हिट’ चलचित्र बन्न सफल भएको छ ।

अहिले ‘ऊनको स्वीटर’ संयुक्त राज्य अमेरिकाका ३० भन्दा बढी सहरहरूमा एकै पटक प्रदर्शन भइरहेको छ । न्युयोर्कदेखि क्यालिफोर्निया, टेक्ससदेखि वासिङ्टन, ओहायोदेखि फ्लोरिडा सम्मका विभिन्न सहरहरूमा नेपाली दर्शकहरू आफ्नो नजिकको सिनेमा हलमै यो चलचित्र हेर्न पाएका छन् । अमेरिका भरिका नेपाली समुदायमा चलचित्रप्रतिको उत्साह देखिँदै गएको छ, जुन टिकटका अग्रिम बुकिङ र हलहरूको भरिभराउ अवस्थाबाट स्पष्ट हुन्छ ।

त्यस्तै, अस्ट्रेलियामा पनि चलचित्रले रिलिज भएको पहिलो दिनदेखि नै हाउसफुल शोहरू दिइरहेको छ । सिड्नी, मेलबर्न, ब्रिसबेन लगायत सहरहरूमा नेपाली दर्शकहरूको उल्लेखनीय उपस्थिति रहेको वितरकहरूले जनाएका छन् ।

क्षेत्रगत रूपमा अमेरिकामा पूर्वोत्तर क्षेत्रका म्यासाचुसेट्स, न्यु ह्याम्पशायर, कनेटीकट र न्युयोर्कमा मीड-अटलान्टिक क्षेत्रमा पेनसिल्भेनिया, मेरिल्यान्ड, भर्जिनिया, वासिङ्टन र डि.सी.मा मिडवेस्ट क्षेत्रमा ओहायो, इलिनोइस, आइओवा, विस्कन्सिन, मिसौरी, नर्थ डकोटा र केन्टकीमा साउथईस्ट क्षेत्रका जर्जिया, फ्लोरिडा र टेनेसीमा साउथ सेन्ट्रल क्षेत्रको टेक्ससमा माउन्टेन वेस्ट क्षेत्रको कोलोराडोमा पश्चिमी तटमा वासिङ्टन र क्यालिफोर्नियामा ‘ऊनको स्वीटर’ रिलिज भइरहेको छ ।

यस्तै, जापानका प्रमुख सहरहरू जस्तै योकोहामा, ओकिनावा, क्युसु, फुकुओका, कुमामोटो, कुरुमे, कोबे, गिफु, नागोया, ओसाका, टोकियो, चिबा र नरितामा ‘ऊनको स्वीटर’ प्रदर्शन भइरहेको छ । नेपाली समुदाय रहेको अधिकांश जापानी सहरमा चलचित्रले राम्रो प्रतिक्रिया पाइरहेको छ ।

त्यस्तै, दक्षिण कोरियामा पनि मे ११ देखि जुन १ सम्म सियोल, किम्हे, सुवोन, मोक्तो, किम्पो, फुयो, जिन्छान, ओन्याङ ओन्छान र फाजु जस्ता सहरहरूमा शोहरू तय गरिएका छन् । कोरियामा रहेको नेपाली विद्यार्थी र कामदार समुदायबाट उत्साहजनक साथ मिलिरहेको छ ।

युरोपका डेनमार्क, पोर्चुगल, बेल्जियम, साइप्रस, माल्टा जस्ता देशहरूमा पनि मे १८ देखि चलचित्रको प्रदर्शन तय भइसकेको छ । यसबाहेक क्यानडामा पनि चलचित्रको शोहरू सुरु हुने तयारी भइरहेको छ । मध्यपूर्वका देशहरू संयुक्त अरब इमिरेट्स, कतार, बहराइन, ओमन लगायतमा पनि ‘ऊनको स्वीटर’ सफलताका साथ प्रदर्शन भइरहेको छ भने हङकङ, सिङ्गापुर र युनाइटेड किङडममा पनि प्रदर्शनको तयारी छ ।

‘ऊनको स्वीटर’मा कलाकार विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । जीवन्त संवाद, यथार्थपरक प्रस्तुति र नवीन चौहानको सुन्दर निर्देशनले चलचित्रलाई सबै वर्गका दर्शकले रुचाएका छन् ।

चलचित्रका गीतहरू पनि उत्तिकै लोकप्रिय छन् । ‘चाइनेजो जिन्दगानीमा’ गीत युट्युब र टिकटकमा सनसनी मच्चाइरहेको छ भने ‘फूल’, ‘मखमली’ र ‘काफ्ले’ गीतहरू करोडौँ दर्शक/श्रोताले हेरेर मन पराइसकेका छन् । चलचित्रको ट्रेलर युट्युबमा ट्रेन्डिङको पहिलो स्थानमा रहेको छ ।

चलचित्रले दोस्रो हप्तामा पनि करिब २ सय शोमा प्रदर्शन जारी राखेको छ । दर्शकको चासो अझै घटेको छैन । शुक्रवारदेखि चलचित्रको देशव्यापी कलाकार परिचय तथा प्रचार भ्रमण सुरु गरिएको छ । शुक्रवार दिउसो दमौली र साँझ पोखराका दर्शकसँग साक्षात्कार सुरु भएको यो भ्रमण चितवन, बुटवल, दाङ, नेपालगन्ज, धनगढी, दमक, धरान, विराटनगर र इटहरीसम्म विस्तार हुनेछ ।

प्रचार टोलीमा अभिनेता विपिन कार्की, अभिनेत्री परीक्षा लिम्बु, एलेक्स पारस र गायक सुजन चापागाईँ सहभागी छन् ।