२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तान तनावले एक साता रोकिएको आईपीएल आजदेखि सुरु हुँदै



अ+ अ-

काठमाडौं । भारत–पाकिस्तान तनावका कारण एक सातादेखि स्थगन गरिएको इण्डियन प्रिमियर लिग (आईपीएल) आजदेखि सुरु हुँदैछन् ।

बीसीसीआईको अघिल्लो शुक्रबार बसेको आकस्मिक बैठकले आईपीएल एक साताका लागि स्थगित गर्ने निर्णय भएको थियो । त्यसअघि बिहीबारको खेल चल्दै गर्दा बीचमै रोकिएको थियो ।

आईपीएल पुन: सुरु हुँदाको पहिलो खेलमा आज रोयल च्यालेन्जर्स बेंगलुरु र कोलकाता नाइट राइडर्स खेल्दै छन् । खेल बेलुका पौने ८ बजेदेखि बेंगलुरुस्थित एम चिन्नास्वामी रंगशालामा सुरु हुनेछ ।

आईपीएलको प्लेअफ दौडबाट ३ टोली यसअघि नै आउट भइसकेका छन् । अब ७ टिम प्लेअफ होडमा रहँदा तीमध्ये कोलकाता र लखनउको भने सम्भावना सबैभन्दा कम छ ।

शनिबारको खेलमा बेंगलुरु विजयी भए प्लेअफ पुग्ने पहिलो टिम बन्नेछ भने कोलकाता बाहिरिने चौथो टिम बन्नेछ । कोलकाता विजयी भएमा प्लेअफको झिनो आशा जीवितै रहनेछ ।

अंकतालिकामा हाल गुजरात टाइटन्स ११ खेलमा १६ अंकसहित शीर्षस्थानमा छ । बेंगलुरु समान खेलमा समान अंकसहित दोस्रोमा छ भने पञ्जाब किङ्स ११ खेलमा १५ अंकसहित तेस्रोमा, मुम्बई १२ खेलमा १४ अंकसहित चौथोमा छ ।

यस्तै दिल्ली ११ खेलमा १३ अंकसहित पाँचौं, कोलकाता १२ खेलमा ११ अंकसहित छैटौं र लखनउ ११ खेलमा १० अंकसहित सातौं स्थानमा छ ।

हैदराबाद १२ खेलमा ७ अंकसहित आठौं, राजस्थान १२ खेलमा ६ अंकसहित नवौं र चेन्नई १२ खेलमा ६ अंकसहित १०औं स्थानमा छ ।