९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन

एसियन हाइवेको ‘डाइभर्सन’को काम सम्पन्न गर्न निर्देशन
अ अ+ अ-

झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।

एशियाली विकास बैंकको सहयोगमा १० अर्ब रुपैयाँको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ । निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न आज पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताउनुभयो ।

मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायात समेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उहाँको भनाई छ । “डाइभर्सन बनाइएका स्थानमा खाल्डाखुल्डी भएकाले बर्षाको समयमा विपद् र दुर्घटना निम्तिने ठूलो जोखिम हुन सक्छ,” उहाँले भन्नुभयो, “राजमार्गका साना पुल र कल्भर्टका काम चाँडो सकेर मुख्य राजमार्गबाटै यातायात सञ्चालन गर्नुपर्छ भनेर हामीले भनिरहेका छौं ।”

बर्खामा पूर्वपश्चिम राजमार्गमा आजतजावत नरोकिने गरी मुख्य सडकबाटै यातायात सञ्चालन गर्न सकिने वातावरण तयार पारिने जनाउँदै उहाँले निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले गरिरहेको कामको प्रगति अनुगमन भइरहेको बताउनुभयो । हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशत मात्र भौतिक प्रगति भएको छ । निर्माणमा विलम्ब नगर्न पटकपटक पत्राचार गरिरहँदा समेत निर्माण कम्पनीको प्रगति सन्तोषजनक नरहेको उहाँले बताउनुुभयो ।

सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षात्मा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम बढेको भनेर जनगुनासो समेत आइरहेको छ । काँकडभिट्टा–लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकका आयोजना प्रमुख पन्तले वर्षात्को अवधिमा राजमार्ग क्षेत्रमा कुनै समस्या आएमा र्यापिड रेस्पोन्स टोलीमार्फत तत्काल समस्याको निरुपण गर्ने तयारी रहेको बताउनुभयो । उहाँले वर्षात्को समयमा पनि सडकको काम नरोकिनु जानकारी दिनुभयो । रासस