२३ जेष्ठ २०८३, शनिबार
,
Latest
क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन ‘जेन–जी आन्दोलन–सेनाद्वारा अनुसन्धानमा बारम्बार असहयोग, प्रतिवेदन कार्यान्वयन नभए पुनः सडक आन्दोलन हुनसक्छ’ जेन–जी आन्दोलनबारे मानव अधिकार आयोगः गोली संसद भवनभित्रैबाट चल्यो, कसले चलायो थाहा छैन बजेट स्पष्ट प्राथमिकता बिना ‘पपुलिस्ट’ प्रकृतिको रहेको पूर्वअर्थमन्त्री पुनकाे आरोप रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम



अ+ अ-

सिरहा। र्मीले पठनपाठन प्रभावित हुन थालेपछि सिरहाको लहान नगरपालिकाले सामुदायिक विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम लागु गरेको छ ।

कार्यक्रमअन्तर्गत पहिलो चरणमा आज नगरप्रमुख महेशप्रसाद चौधरीले विद्यालयका प्रधानाध्यापकलाई कक्षा कोठाको सङ्ख्याअनुसार तीन सय ३० थान ‘सिलिङ्ग पङ्खा’ वितरण गर्नुभएको हो ।

नगरपालिकाले आफ्नो १५औँ नगरसभाबाट चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम तय गरेअनुसार विद्यालयलाई पङ्खा वितरण गरिएको नगरप्रमुख चौधरीले बताउनुभयो । उहाँले भन्नुभयो, “चर्को गर्मीले विद्यार्थीको पठनपाठन प्रभावित भएपछि एक कक्षा, एक पङ्खा हुनुपर्ने उद्देश्य राखेर पङ्खा वितरण गरिएको हो । पङ्खा नपुगेका विद्यालयमा आवश्यकताअनुसार पुनः वितरण गर्ने छौँ ।”

लहान नगरपालिकामा ५९ वटा सामुदायिक विद्यालय छन् । तीमध्ये १७ माध्यमिक र ४२ वटा आधारभूत विद्यालय छन् । कक्षा कोठामा पङ्खा नहुँदा गर्मी मौसममा विद्यार्थीहरू पढाइ छाड्ने गरेका पाइएपछि नगरको उक्त कार्यक्रममार्फत पङ्खा वितरण गरिएको नगरको शिक्षा शाखाका कर्मचारी अमिरीप्रसाद यादवले बताउनुभयो  । उहाँले यो कार्यक्रम प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो । रासस




भर्खरै