२७ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलो पटक सांसदलाई देखियो कोरोना



अ+ अ-

सर्खेत । नेपालमा पहिलो पटक एक जना सांसदलाई पनि कोरोना पोजेटिभ देखिएको छ। कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ।

सोमबार गरिएको पिसिआर परीक्षण गर्दा प्रदेश सांसदलाई कोरोना देखिएको हो। कोरोना पोजेटिभ सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ।

सामाजिक विकास मन्त्रालयले उनको अवस्था सामान्य रहेको जनाएको छ।

एक जना सांसदलाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका अन्य सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख राजबहादुर शााहीले बताए।

उनले भने, ‘कोरोना भएका सदस्य आइसोलेसनमा बस्नुहुन्छ, अरुको ट्रेसिङ भइरहेको छ।’

हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।