१ आश्विन २०८३, बिहीबार
,
Latest
कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो जलवायु परिवर्तनसम्बन्धी घरपझोङ घोषणपत्र जारी, जलवायु न्यायको माग
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा पहिलो पटक सांसदलाई देखियो कोरोना



अ+ अ-

सर्खेत । नेपालमा पहिलो पटक एक जना सांसदलाई पनि कोरोना पोजेटिभ देखिएको छ। कर्णाली प्रदेशका एक जना सांसदलाई कोरोना देखिएको प्रदेश सभाले जनाएको छ।

सोमबार गरिएको पिसिआर परीक्षण गर्दा प्रदेश सांसदलाई कोरोना देखिएको हो। कोरोना पोजेटिभ सांसदलाई अहिले आइसोलेसनमा राखिएको छ।

सामाजिक विकास मन्त्रालयले उनको अवस्था सामान्य रहेको जनाएको छ।

एक जना सांसदलाई कोरोना पुष्टि भएपछि सम्पर्कमा रहेका अन्य सांसद तथा अरु व्यक्तिहरूको ट्रेसिङ भइरहेको सभामुख राजबहादुर शााहीले बताए।

उनले भने, ‘कोरोना भएका सदस्य आइसोलेसनमा बस्नुहुन्छ, अरुको ट्रेसिङ भइरहेको छ।’

हाल संसद बैठक अर्को सूचना नआउँदासम्मका लागि स्थगित गरिएको छ।