२१ आश्विन २०८३, बुधबार Wednesday, October 7, 2026
२१ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढीले बेनी–दरवाङ सडक कटान, दुखुबेँसीबस्ती जोखिममा News Polar पूर्वसूचनाले कञ्चनपुरका किसानलाई धान काट्न सहज News Polar जीप सफारीमार्फत पर्यटकीय गन्तव्य जोड्ने तयारी News Polar कोरला नाका जोड्ने सडकका विभिन्न खण्डमा मर्मत तीव्र News Polar ड्रागन फ्रुटखेतीले देखाएको बाजुराको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar एनपिएलको तयारी अन्तिम चरणमा News Polar नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज News Polar किसान परिचयपत्र वितरण गर्न माग News Polar पर्यटकलाई दुःख दिने १५ जना पक्राउ News Polar नक्कली नोट कारोबार गर्ने दुई जना पक्राउ News Polar मल्कवाङबाट गर्भवतीको हवाई उद्धार News Polar एसियाड पारा खेलाडीलाई टिसर्ट News Polar पोखरामा अल्ट्रा ट्रेल दौड प्रतियोगिता News Polar दुबईमा नेपथ्यको नयाँ उचाइ News Polar दुई लाख बढी नगदसहित जुवा खालबाट पाँच पक्राउ News Polar चिनियाँ पर्यटक आकर्षित गर्न जोर्डनको प्रयास तीव्र News Polar नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू जलवायु सङ्कटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल News Polar जनताको अपेक्षा बुझ्न ‘हामी आउँदैछौँ’ अभियान : प्रवक्ता खरेल News Polar घटस्थापनादेखि पूर्णिमासम्म नेपालभरि रुट परमिट खुला

नेप्सेमा सामान्य वृद्धि

नेप्सेमा सामान्य वृद्धि
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ५.०४ अङ्कले उकालो लागेर एक हजार ३४७.४४ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचक १.९५ ले वृद्धि भई २४८.१८ मा पुगेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कुल १८६ कम्पनीका २५ लाख ६८ हजार १२४ कित्ता शेयर रु ९९ करोड ४५ लाख ४५ हजार १०९ मा खरिदबिक्री भए । कारोबार भएका कूल १२ मध्ये आज पाँच उपसमूहको शेयरमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओलारो लागेको छ । 

बैंकिङ ४.०९, होटल ५५.२९, जलविद्युत् २.९५, लघुवित्त ६४.९४ र सामूहिक लगानी कोष ०.१२ ले वृद्धि भएको छ । यस्तै व्यापार १४५७, विकास बैंक १.६९, वित्त ४.७५, निर्जीवन बीमा ६.४१, उत्पादन २३.९७, अन्य २ र जीवन बीमा १९.४३ले घटेको छ । 
    
कारोबारका आधारमा पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रह्यो । सो कम्पनीको शेयर रु ११ करोड १० लाख १२ हजार २४३ बराबरको कारोबार भयो । यस्तै एनएमबी बैंक रु छ करोड ८६ लाख ८८ हजार १७६, नेपाल लाइफ इन्स्योरेन्स रु पाँच करोड एक लाख ६३ हजार ५३४, एनआइसी एशिया रु चार करोड ७६ लाख ४२ हजार ४०६, छिमेक लघुवित्त विकास बैंक रु चार करोड ११ लाख ८८९, साना किसान विकास बैंक रु तीन करोड ९९ लाख ८० हजार ६४७, हिमालयन डिष्टिलरी रु तीन करोड ६५ लाख ८२ हजार ६१६ र नविल बैंकको शेयर रु दुई करोढ २३ लाख ५९ हजार ३३० मा कारोबार भयो । 

आज सबैभन्दा बढी एनआइसी एसिया ब्यालेन्स फण्ड र एनआइसी एसिया लघुवित्त वित्तीय संस्थाको शेयरधनीले सामान १०÷१० प्रतिशतले कमाए । यस्तै नवीन व्यालेन्स फण्ड–२ ९.९९, नेपाल सेवा लघुवित्त ९.९७, घोडाघोडी लघुवित्त ९.९५, गुराँस लघुवित्त ९.९०, महिला सहयात्रा माइक्रोफाइनान्स ९.८० र नविल इक्विटी फण्डका लगानीकर्ताले ९.०३ प्रतिशतले कमाए । 

यस्तै समृद्धि फाइनान्स कम्पनी ६.६७, राधी विद्युत् कम्पनी ५.०३, युनाइटेड फाइनान्स ४.०७, मल्टीप्रपोज फाइनान्स ३.६७, विसाल बजार कम्पनी ३.६६, हिमालयन पावर पार्टनर ३.६२, माउन्टेन हाइड्रो ३.६१ र सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३.०२ प्रतिशतले गुमाए ।