५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) केन्द्रिय समितिको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

सङ्घले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

“समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरौँ” भन्ने नाराका साथ सम्मेलन हुन लागेको सङ्घकी अध्यक्ष जयन्ती राईले जानकारी गराउनु भयो । उहाँले आगामी शनिवार (भोलि)देखि आईतवारसम्म चल्ने उक्त सम्मेलनमा देशभरबाट ५ सय ९८ जना प्रतिनिधिहरूको सहभागिता रहने बताउनु भयो । उहाँले सम्मेलनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत शिर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ । साथै सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिने सङ्घले जनाएको छ ।