२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा एस निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) को सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)निकट अखिल नेपाल महिला सङ्घ (समाजवादी) केन्द्रिय समितिको सातौँ राष्ट्रिय सम्मेलनको तयारी पूरा भएको छ ।

सङ्घले शुक्रवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै सातौँ राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएको हो ।

“समाजवाद निर्माणको आधार तयार गरौँ, राज्यको सम्पूर्ण क्षेत्रमा समानुपातिक सहभागिता सुनिश्चित गरौँ” भन्ने नाराका साथ सम्मेलन हुन लागेको सङ्घकी अध्यक्ष जयन्ती राईले जानकारी गराउनु भयो । उहाँले आगामी शनिवार (भोलि)देखि आईतवारसम्म चल्ने उक्त सम्मेलनमा देशभरबाट ५ सय ९८ जना प्रतिनिधिहरूको सहभागिता रहने बताउनु भयो । उहाँले सम्मेलनको उद्घाटन एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले गर्ने जानकारी दिनुभयो ।

उक्त सम्मेलनमा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाललगायत शिर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ । साथै सम्मेलनको उद्घाटन सत्रमा नेपाली कम्युनिस्ट आन्दोलन, लोकतन्त्र र महिला आन्दोलनका अग्रणी व्यक्तित्वहरूलाई सम्मान गरिने सङ्घले जनाएको छ ।