५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटको आज सुनुवाइ हुने



अ+ अ-

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दीप्रत्यक्षीकरणको रिटको आज सुनुवाइ हुँदै छ । मिश्रलाई हिजो पनि अदालतमा उपस्थित गराइएको थियो ।

सर्वोच्च अदालतले आज मिश्रलाई पक्राउ गरी थुनामा राखिएको विषय कानुनसम्मत छ या छैन भनेर निर्णय सुनाउने छ ।

गत बुधबार मिश्रको तर्फबाट बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले बन्दी रविन्द्र मिश्र सहित अदालतमा उपस्थित हुन आदेश दिएको थियो ।

न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै शुक्रबार स–शरीर उपस्थित गराउन आदेश गरेको हो । अदालतको आदेशअनुसार प्रहरीले मिश्रलाई हिजो अदालतमा उपस्थित गराएको थियो । प्रहरीले आज पनि मिश्रलाई अदालतमा लिएर जाने छ ।

मिश्रकी पत्नी सरिका कार्कीले आफ्नो पतिलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दिएकी थिइन् ।