१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एटलान्टाको ६ गोल



अ+ अ-

मिलान । एटलान्टाले इटालीको सिरी ए को दोस्रो स्थानमा उक्लने क्रममा ब्रेसियालाई ६(२ गोलले पराजित गरेको छ । यस जितमा मारियो पासालिचले ह्याट्रिक गरे ।

यो जितपछि एटलान्टाको ३३ खेलबाट ७० अंक भएको छ । शीर्ष स्थानमा युभेन्टसको ७६ अंक छ । यस्तै इन्टर मिलान ६८ अंकमा तेस्रो स्थानमा रहेको छ । युभेन्टस र इन्टर दुवैले एक(एक खेल कम खेलेका छन् ।

पाासालिचले दोस्रो मिनेटमा गोलको खाता खोले र ५८ औं मिनेटमा ह्याट्रिक पूरा गरे ।