९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन

विभेदको लाभ र हानीको लेखाजोखामा माया, रवि र रविन्द्रहरु

विभेदको लाभ र हानीको लेखाजोखामा माया, रवि र रविन्द्रहरु
अ अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र कुनै बेला भन्ने गर्थे– संविधानमा लेखेर मात्र विभेदको अन्त्य हुँदैन । विभेद अन्त्य गर्न नेतृत्व मानसिक रुपमा तयार हुनुपर्छ ।

हो, अहिले संविधान र कानुनमा सबै किसिमको विभेद अन्त्य गर्ने भनिएको छ । तर स्वयम् रविन्द्र मिश्र अहिले विभेदको सामना गरिरहेका छन् । उनी साढे १ महिनाभन्दा लामो समयदेखि प्रहरी हिरासतमा छन् । गत चैत १५ गते राजावादीले काठमाडौंमा गरेको हिंसात्मक प्रदर्शनमा संलग्न रहेको आरोप मिश्रमाथि लागेको छ । उनलाई प्रहरीले पटकपटक म्याद थप गरेर अनुसन्धान अघि बढाइरहेको छ ।

मिश्रलाई एकपछि अर्को अभियोगको अनुसन्धानका लागि भन्दै अदालतबाट म्याद थप गरेर प्रहरीले थुनामा राखिएको छ । यो विषयमासंविधानविद्हरुले नै प्रश्न उठाएका छन् । तर सरकार चुपचाप कानुनको आडमा अदालतबाट म्याद थप गरेर उनलाई थुनामा राखिरहेको छ । उनीमाथि एकपछि अर्को अभियोगमा अनुसन्धान गरिरहेको प्रहरीले अझै मुद्दा भने चलाउन सकेको छैन । बरु उनलाई हिरासतमै मानसिक यातना दिएर राखिएको छ । रिहाइको माग बढ्दै गएपछि प्रहरीले आपराधिक उपद्रवको नयाँ पुर्जी थमाएर थुनामै राखेको छ ।

उता, सहकारी ठगी र संगठित अपराधको आरोप लागेका रास्वपाका सभापति रवि लामिछानले पुर्पक्षका लागि कारागारमा छन् । सहकारी ठगीकै आरोप लागेका कांग्रेसका उपसभापति धनराज गुरुङमाथि अनुसन्धान नै भएको छैन । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी पत्नी अञ्जला कोइराला सहकारी ठगी प्रकरणकी अभियुक्त भए पनि धरौटीमा रिहा भएकी छन् । रविमाथि सहकारी ठगीसँगै संगठित अपराधको आरोप लागिरहँदा नेकपा एमालेका नेतासमेत रहेको बाग्लुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीमाथि संगठित अपराधको आरोप लगाइएको छैन ।

यता उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंह वैद्यविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । बाल संगठनको जग्गा भाडामा अनियमिताको आरोपमा वैद्यसहित १७ जना विशेष अदालतमा मुद्दा चलाइएको छ । तर वैद्यलाई पक्राउसम्म गरिएको छैन । फरार अभियुक्तका रुपमा उनीविरुद्ध मुद्दा चलाइएको हो । कतिसम्म भने उपप्रधानमन्त्री सिंहको दिदी भएकै कारण प्रहरीले उनलाई पक्राउ गर्न त कता हो कता बयानसम्म लिन बोलाएन । जबकी वैद्यमाथि लागेको आरोप झन् गम्भीर छ ।

सहकारी ठगीकै आरोप लागेकी नेपाली कांग्रैसकी सांसद माया राई १० लाख रुपैयाँ धरौटीमा रिहा भइसकेकी छन् । उनलाई काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत रकम अपचलनको आरोप लागेको छ ।

उनी २०७३ कात्तिक ६ गतेदेखि २०७४ मंसिर ४ गतेसम्म उक्त संस्थाकी सदस्य रहेकी थिइन् । त्यस समयमा ८९ लाख ३४ हजार ४५५ रुपैयाँ र २०७४ मंसिर ८ गतेदेखि २०७६ भदौ २१ गतेसम्म सचिव पदमा रहँदा कार्यसमितिको नाममा भएको एक करोड ४२ लाख १० हजार ४३३ रुपैयाँ गरी जम्मा दुई करोड ३१ लाख ४४ हजार ८८८ रुपैयाँ अपचलन भएको सरकारी वकिलको प्रतिवेदनमा उल्लेख छ ।

गत पुस २९ गते सरकारी वकिलको कार्यालय काठमाडौंले ३९ जनालाई प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो।

पहिलो चरणमा अनुसन्धान गर्दा सरकारी वकिलले उनलाई प्रतिवादी नबनाई मुद्दा दायर गरेको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहित प्रतिवादी रहेको उक्त मुद्दामा सरकारी वकिलले एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरेको थियो ।

त्यतिबेला सरकारी वकिलले माया राईको तीनपुस्ते नखुलेको भन्दै प्रतिवादी कायम गरेको थिएन ।

कांग्रेस सांसद राईलाई उन्मुक्ति दिएको भन्दै प्रहरी र सरकारी वकिलको आलोचना भएको थियो। त्यसपछि सरकारी वकिलले अनुसन्धान गर्न भन्दै प्रहरीलाई निर्देशन दिएका थिए । त्यस मुद्दामा लामिछाने भने ६० लाख धरौटी बुझाएर छुटेका थिए ।

हुन त रविन्द्र, रवि, रिता होस् या माया नै किन नहोस् । सबैको मुद्दा फरक हुन् । रवि र मायाको आरोपमा तालमेल छ । तर एक जना थुनामा रहनुपर्ने अवस्था छ भने अर्को धरौटी बुझाएर खुला रुपमा रिहा ।

त्यस्तै रविन्द्र मिश्रलाई पनि राजनीतिक आग्रहपूर्वाग्रहमा लामो समयदेखि थुनामा राखिएको छ ।

रविन्द्र मिश्र र रिता सिंह वैद्यमाथिको आरोपमा पनि कुनै तालमेल छैन । तर यी दुई जनाबीच फरक व्यवहार हुनुमा उपप्रधानमन्त्री तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहको हात रहेको बताइएको छ । रविन्द्र मिश्र र प्रकाशमान सिंह काठमाडौं क्षेत्र नं. १ मा निर्वाचनमा भिडेका थिए । रविन्द्रलाई झिनो मतान्तरले पराजित गर्दै सिंहले चुनाव जितेका थिए । अहिले यो क्षेत्रमा मिश्रले आफ्नो लोकप्रियता बढाउँदै लगेका छन् । त्यसलाई निस्तेज पार्न सिंहले उनीमाथि इख साँधेर पूर्वाग्रह राखेको आरोप लागेको छ ।

सिंह नेपाली कांग्रेसका तर्फबाट सरकारमा नेतृत्व गरेर गएका व्यक्ति हुन् । उनले आफ्नो राजनीतिक स्वार्थका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई समेत प्रभावित पारेका छन् । गृह मन्त्री रमेश लेखकसमेत श्रेष्ठका अगाडि निरीह सावित भएका छन् । सिंहले जे भन्यो त्यही गर्न लेखक बाध्य छन् । यसले गर्दा रविन्द्रमाथिको अनुसन्धान नसक्न प्रहरीमाथि दबाब परेको बताइएको छ ।

रविन्द्रमाथि नयाँ नयाँ अभियोग लगाएर म्याद थप्दै हिरासतमा राखिएको छ । त्यही कारण मिश्रले अदालतमा समेत गुनासो गर्दै आएका छन् । यसअघि प्रहरीले मिश्रमाथि राज्य विप्लव र संगठित अपराधमा अनुसन्धान गर्न भनेर काठमाडौं जिल्ला अदालतसँग म्याद लिइरहेको थियो । आठौं पटक म्याद थप्दा झन्डै दुई महिना गुज्रिएको छ । बयानसमेत भइसकेको र कुनै नयाँ प्रमाण फेला नपरेका कारण मिश्रलाई रिहाइ गर्न चौतर्फीरुपमा आवाज उठिरहँदा दवावमा परेको प्रहरीले उनको हिरासत बास लम्ब्याउन नयाँ अभियोगको तरवार तेस्र्याएको हो ।

म्याद थप गरिएको होस् या थुनामा पठाउने या धरौटीमा छाड्ने अदालतको आदेशमाथि अहिले नै प्रश्न उठाउन सकिँदैन । तर प्रशासनिक, राजनीतिक र न्यायिक निकायले एउटै विषयमा पनि फरक फरक व्यवहार हुने दु:खद पक्ष हो ।