११ श्रावण २०८३, सोमबार
,
Latest
दूध उत्पादक किसानलाई पाँच करोड ५८ लाख अनुदान प्रतिबन्धित वस्तुको बिक्री–वितरण नगर्न विभागको चेतावनी कप्तानगञ्जमा तनाव बढेपछि नेपाली सेना परिचालन, अवस्था नियन्त्रणमा पहिरामा परी वृद्धको मृत्यु, एकजनाको उद्धार मानव अधिकार संरक्षण गर्न प्रदेशस्तरीय कानुन आवश्यक छः प्रदेश प्रमुख कर्ण प्रधान न्यायाधीश शर्मा स्वदेश फिर्ता बागमती प्रदेश सरकार गठनमा दलहरूको छलफल जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छः मन्त्री गौतम नागढुंगा सुरुङमार्ग पहिलो हो तर अन्तिम भने होइनः सचिव सिग्देल नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

जिल्ला कारागारमा चाप बढेपछि कैदी स्थानान्तरण



अ+ अ-

चितवन। जिल्ला कारागारमा कैदीबन्दीको चाप बढेसँगै १४० जना कैदीलाई स्थानान्तरण गरिएको छ । चालु आर्थिक वर्षको साउनयता ती कैदीलाई देशका विभिन्न कारागारमा स्थानान्तरण गरिएको हो ।

जिल्ला कारागारका सूचना अधिकारी चेतनाथ ढुङ्गानाका अनुसार पछिल्लो पटक वैशाख २५ गते पाँच जनालाई मोरङ् कारागार स्थानान्तरण गरिएको छ । भीमफेदी कारागार मकवानपुरमा एकजना, काठमाडौँको जगन्नाथ देवलमा सात जना, हाल केन्द्रीय कारागार रहेको खम्बाक्याम्प नुवाकोटमा ८७ जना, नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) २९ जना, तनहुँ कारागारमा एकजना, रसुवा कारागारमा आठ जना र डिल्लीबजार कारागारमा दुई जनालाई स्थानान्तरण गरिएको हो ।

हाल चितवन कारागारमा ७२० जना कैदीबन्दी छन् । ४७० पुरूष कैदीबन्दी क्षमता रहेको कारागारमा ६७५ जना र ३५ जना महिला कैदीबन्दी क्षमता रहेकामा ४२ जना छन् । उनीहरूसँग आश्रित तीन जना बालबालिका रहेको सूचना अधिकारी ढुङ्गानाले जानकारी दिनुभयो ।

कारागारमा कैदीको चाप बढेसँगै २० जना कैदीबन्दीलाई भवनमा बनाएको पालिमुनि राख्नु परेको छ । रासस