६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागढुंगामा इन्स्पेक्टरले प्रहरी हवल्दार कुटे



अ+ अ-

काठमाडौँ । चन्द्रागिरी नगरपालिकाको नागढुंगामा ट्राफिक प्रहरीका इन्स्पेक्टरले एकजना प्रहरी हवल्दारलाई कुटेका छन् ।

बुधवार सडकमै इन्स्पेक्टर जितेन्द्र साहले प्रहरी सहायक हवल्दारलाई कुटेको भिडियो सामाजिक सञ्जालमा भाइरल भईरहेको छ  ।

भिडियोमा इन्स्पेक्टरले प्रहरी हवल्दारलाई चड्कन हानेको प्रष्ट देखिएको छ । यसबारे इन्स्पेक्टर साहले आफ्नो कमाण्डमा स्पष्टीकरण दिएका छन् । उनले सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको बताएका छन् ।

त्यहाँ के भएको भनेर बुझ्ने काम भइरहेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका एसपी दीपक गिरीले बताए ।