१ आश्विन २०८३, बिहीबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

थप ११६ जनामा कोरोना संक्रमण पुष्टि



अ+ अ-

काठमाडौं । बधुबार नेपालमा थप १ सय १६ जना नयाँ संक्रमित थपिएका छन् । 

योसँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार १ सय ७७ पुगेको छ । जसमा ११ हजार २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । 

बुधबार मात्रै ६ सय ९७ जना डिस्चार्ज भएको उहाँले बताउनुभयो । अहिले देशका विभिन्न अस्पतालका आइसोलेसनमा १ हजार १ सय १३ जना उपचाररत रहेका छन् । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर देवकोटाका अनुसार प्रदेश नम्बर १ मा ४०, प्रदेश नम्बर २ मा १ हजार ८ सय ९९, बागमती प्रदेशमा ४ सय ६६ र गण्डकी प्रदेशमा ३ सय ६९ जना उपचाररत रहेका छन् । 

यस्तै प्रदेश नम्बर ५ मा ६ सय ५१, कर्णाली प्रदेशमा ३ सय २०, र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय ६८ जना रहेका छन् । बुधबार विभिन्न २६ वटा प्रयोगशालामा ५ हजार ९० वटा पीसीआर परीक्षण भएका छ । 

आजसम्म २ लाख ९८ हजार ८ सय २९ जनाको पीसीआर परीक्षण भएको छ । देशभरी २४ हजार ५सय २७ जना क्वारेन्टिनमा रहेका छन् ।