२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस सांसद केसीको टिप्पणीः ‘विनियोजन विधेयकले राष्ट्रिय यथार्थ समेट्न सकेन’



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा राष्ट्रिय यथार्थ झल्किन नसकेको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधि सभाको बुधवारको बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा भाग लिँदै सांसद केसीले यस्तो टिप्पणी गर्नुभएको हो ।

उहाँले मुलुकको वर्तमान आर्थिक संकट, चुनौती र जटिल परिस्थितिलाई सिद्धान्त र प्राथमिकताकमा समेटिएको नदेखिएको बताउनु भयो । विनियोजन विधेयकमार्फत सरकारले सबैलाई खुशी बनाउने प्रयास गरेको तर कोही पनि खुशी नदेखिएको सांसद केसीको भनाइ छ । उहाँले मुलुकको अर्थतन्त्र लगातार शिथिल बन्दै गएको भन्दै सरकार गम्भिर हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

उहाँले यस्तो परिस्थितिमा बजेट तर्जुमा प्रक्रिया चुनौतिपूर्ण र अपजसपूर्ण हुने उल्लेख गर्दै ऋण र कुल गार्हस्थ्य उत्पादनबीच सन्तुलन कायम गर्न नसकिएकोतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।

उहाँले भन्नुभयो,‘जब मान्छेले सबैलाई खुसि बनाउन खोज्छ कोही पनि खुशी हुँदैनन् भनेजस्तो प्राथमिकता के हो भन्नेतिर केन्द्रित हुनुपर्छ । अहिले जुन खालको आर्थिक संकटापन्न, अहिलेको चुनौती र राष्ट्रिय यथार्थलाई चाहीँ मन्त्रीज्युले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामा समावेश गर्नुभएको छैन । हामी अहिले अत्यन्त अप्ठ्यारो स्थितिमा छौं ।

हामीले जति राम्रो कुरा गरेपनि राष्ट्रको अर्थतन्त्रको स्थिति झन झन शिथिल हुँदै गएको अवस्था छ । र यो जटिल परिस्थितिमा बजेट तर्जुमा गर्नुपर्दा जो अर्थमन्त्री हुँदापनि चुनौतिपूर्ण हो र अपजसपूर्ण छ भन्नेमा कुनै विवाद छैन । मुलुकको कुल ग्राहस्थ उत्पादन र ऋणबीच समेत सन्तुलन कायम गर्न सकेका छैनौं ।’

सामान्य प्रशासन धान्न र ऋणको ब्याज तिर्नको लागि ऋण लिने गरिएको उल्लेख गर्दै यसतर्फ गम्भिर भएर सोच्न समेत अर्थमन्त्रीसँग आग्रह गर्नुभयो ।