५ भाद्र २०८३, शुक्रबार
,
Latest
‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रश्तुत



अ+ अ-

काठमाडौँ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ प्रतिनिधि सभामा प्रश्तुत भएको छ । बुधवार प्रतिनिधि सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले विधेयक प्रश्तुत गर्नुभएको हो ।

त्यसअघि सांसद प्रेम सुवालले भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई प्रश्तुत गर्न अनुमति माग्ने प्रश्तावमाथि बिरोधको सूचना दिनुभएको थियो । सांसद सुवालको प्रश्नको जवाफ दिँदै मन्त्री अधिकारीले हाउजिङ कति जग्गामा सञ्चालन गर्न पाउँछ भन्नेकुरा विद्यमान कानूनले स्पष्ट गरेको बताउनु भयो ।

हाउजिङलाई जग्गा किन्न दिने अनुमति सरकारले दिएको र उनीहरुले नम्बरी जग्गा किन्न पाउने बताउनु भयो । साथै बनाउन दिने अधिकार पनि दिएको बताउनु भयो । किन्न, बनाउन र बेच्न दिने अधिकार अघिल्लो कानूनमा रहेको र पछि सूचित आदेश बनाउँदा छुटेकाले अहिले जोडेको बताउनु भयो ।