९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढ्योः अर्थमन्त्री पौडेल

उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढ्योः अर्थमन्त्री पौडेल
अ अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं आर्थमन्त्री विष्णु पौडेलले उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदन कार्यान्वयनमा सरकार अघि बढिसकेको बताउनुभएको छ ।

रामेश्वर खनाल नेतृत्वको आयोगले आर्थिक सुधारका लागि सरकारलाई दिएको प्रतिवेदन कार्यान्वयनयोग्य रहेको बताउँदै पौडेलले चरणवद्ध रुपमा सुझावहरुलाई कार्यान्वयन गर्न सरकार लागिपरेको बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलकाअनुसार स्वयं आयोगले दिएका सुझावहरु तत्कालिन, दीर्घकालिन, मध्यकालिन महत्वका भएकाले तिनलाई चरणवद्ध कार्यान्वयन गरिने बताउनु भयो । प्रतिवेदनका विषयमा आफू मुलभुत रुपमा सहमत रहेको समेत उहाँले बताउनु भयो ।
उहाँले भन्नुभयो–‘उच्चस्तरीय आर्थिक सुधार आयोगको प्रतिवेदनमा मुलभुत रुपमा सहमत छु, यसले अर्थतन्त्रका धेरै समस्या केलाएको छ । समाधानका उपायहरु समेत केलाएको छ । अहिले बजेटको पूर्वसन्ध्या छ । यो प्रतिवेदनलाई बजेटमार्फत सम्बोधन गर्न कति सकिन्छ कति सकिँदैन म अहिले पनि यकिन छैन । मेरो कोशिस आयोगले सुझाएका धेरै विषय वस्तु सम्बोधन गर्न सकियो भन्ने नै छ ।’

उच्चस्तरीय आयोगको प्रतिवेदनमा कानून संशोधनका विषयवस्तु धेरै रहेकाले कानून बन्न समय लाग्ने भएकाले ती क्रमश कार्यान्वयनमा जाने बताउनु भयो ।

नेपाल उद्योग पािरसंघका अध्यक्ष राजेशकुमार अग्रवालले लगानी बिस्तार हुन नसक्नुको कारण अस्थीर नीति भएको बताउनु भयो ।

नेपाल उद्योग परिसंघले आयोजना गरेको आर्थिक रुपान्तरणको मार्ग कार्यक्रममा लगानीकर्तालाई नेपाल सरकारका निकायले कतिबेला कस्तो नीति लिन्छ भन्ने पत्तो नभएको बताउँदै उहाँले एक वर्ष एउटा नीति र अर्को वर्ष फरक नीति सरकारले लिदाँ लगानीकर्ता आजित भएको बताउनु भयो । उहाँकाअनुसार उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरु अविलम्व कार्यान्वयनमा लैजान जरुरी छ ।

लगानीकर्ताले सरकारले लिएको नीति हेरेर लगानी गर्ने भएकाले छिटोछिटो नीति परिर्वतन गर्न हुँदैन ।

अग्रवालले भन्नुभयो–‘लगानीकर्तालाई नेपाल सरकारका नियामक निकायले कतिबेला कस्तो नीति लिन्छन् भन्ने स्पष्ट नै छैन । एकवर्ष एउटा नीतिले सुविधा दिन्छ अर्को वर्ष दिएको सुविधा नै हटाइन्छ । अर्थात अस्थिर नीतिका कारण लगानीकर्तामा विश्वास बढ्न सकेको छैन ।

नीतिहरु परिवर्तन हुनुपर्छ, ती नीतिहरु गतिशिल हुनुपर्यो, अस्थिर होइन । सरकारले गतिशिल स्थिर नीति लिँदा बित्तिकै लगानीकर्तामा विश्वासको वातावरण बन्न समय लाग्ने छैन । त्यसतर्फ ध्यानदिनुपर्छ । उच्चस्तरीय आर्थिक सुधार आयोगले दिएका सुझावहरु सोही कारणले पनि कार्यान्वयनमा लैजान जरुरी छ । लगानीकर्ताले सरकारले लिएको नीति हेरेर लगानी गर्ने भएकाले छिटोछिटो नीति परिर्वतन गर्न हुँदैन ।’

लगानी प्रवद्र्धन गर्ने खालका नीतिहरु निश्चित समयका लागि परिवर्तन हुँदैन भन्ने सुनिश्चितता राज्यले गर्नुपर्ने अग्रवालले बताउनु भयो । सरकारले हालै गरेको लगानीसम्बन्धि कानूनी सुधारले नेपालमा लगानीमैत्री वातावरण बन्दै गएको सन्देश विश्वभर प्रवाह भएको बताउनु भयो ।

पूर्वअर्थसचिव रामेश्वर खनालले लामो समयसम्म उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि समष्टिगत मागमा सुधार गर्ने खालका नीतिहरु लिएर मात्रै नहुने बताउँदै आपूर्ति पक्षका संरचनामा समेत सुधारको खाँचो रहेको बताउनु भयो ।

सरकारले आर्थिक शिथिलता अन्त्यका लागि मुलुभुत रुपमा समष्टिगत माग वृद्धि गर्नका लागि जहाँजहाँ अबरोध थिए ती हटाउन उच्चस्तरीय आर्थिक सुधार आयोगले सुझाव दिइएको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो– ‘लामो समयसम्म उच्च आर्थिक वृद्धिदर हासिल गर्नका लागि समष्टिगत मागमा सुधार गर्ने खालका नीतिहरु लिएर मात्रै हुँदैन । हाम्रो आपूर्ति पक्ष पनि धेरै कमजोर छ । त्यसका संरचनामा समेत सुधारको खाँचो छ । यसमा उच्चस्तरीय आयोगले समेत काम ग¥यो । सरकारले आर्थिक शिथिलता अन्त्यका लागि मुलुभुत रुपमा समष्टिगत माग वृद्धि गर्नका लागि जहाँजहाँ अबरोध थिए हटाउन भन्यौं । सहकारीमा डुबेको आमसर्वधारणको निक्षेप फिर्ता गर्न भन्यौं । ब्याज अनुदान भुक्तानी दिनुपर्छ भनेर भन्यौं । यस्ता कुराहरु जसले मागलाई संकुचन बनाइरहेको थियो । ब्यापारिक उधारो त्यतिबेला रह्यो । जसकारण साना मझौला व्यवसयीहरुको व्यापार खस्कियो । उनीहरुको माग गर्ने क्षमता पनि खस्किएर गयो । व्यापारमा भएको उधारो कारोबारको समस्यालाई समाधानका लागि एउटा ऐन नै ल्याउनुपर्छ । देवानी संहितामा भएको प्रावधानले पुग्दैन । भनेर त्यो ऐन नै मस्यौदा गरेर सरकारलाई बुझायौं ।’

खनालले आर्थिक सुधार आयोगले बुझाएको प्रतिवेदन सरकारले अक्षरशः पालना गरे अहिलेका धेरै समस्या हल हुने बताउनु भयो । उहाँले बजेटमा वितरणुमखी नियन्त्रण गर्ने खालका कार्यक्रम नीति ल्याउन नहुने समेत बताउनुभएको छ ।

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले सरकारी काम गर्न मन्त्री, कर्मचारी डराइरहेको बताउँदै कहाँ अप्ठ्यारो परेको हो, त्यसमा आर्थिक सुधार आयोगले वास्तविकता बाहिर ल्याउन नसकेको बताउनु भयो । उहाँले सरकारी कामहरु फटाफट नहुँदा पनि आर्थिक क्रियाकलापहरु बढ्न नसकको बताउनु भयो । आयोगको ३ करोड तलका आयोजना संघीय सरकारमार्फत नगर्न दिएको सुझाव सैद्धान्तिक रुपमा सही रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो– ‘आयोगको ३ करोड तलका आयोजना संघीय सरकारमार्फत नगर्न सुझाव दिएको छ । सैद्धान्तिक रुपमा गतिशिल नै छ । ३ करोडले पनि हल हुँदैन । किन हल हुँदैन भने रामशरण महत अर्थमन्त्री हुँदा १ भन्दा नघटाउने भनेर रणनैतिक सडकमा योजना हाल्नुभयो । त्यो बेलाको १ करोड भनेको अहिलेको ३ करोड हो । अर्को अर्थमन्त्री आयो उसले मेरा पनि योजना हाल्नुप¥यो भनेर हाल्यो । एकपछि अर्को गर्दै योजनाहरु हालेपछि ती सबै लोकल आयोजनामा परिणत भए । अहिले तीन करोड भनेको कुनै ठूलो पैसा होइन । हजार वटा आयोजना सारेर गर्न सम्भव छ रु’

अर्थतन्त्रमा रहेका समस्याहरुलाई हल गर्न आर्थिक सुधार आयोगले दिएका अन्य तमाम सुझावहरुलाई भने सरकारले कार्यान्वयनमा लैजानुपर्नेमा नेता पाण्डेको जोड थियो ।

पूर्वअर्थमन्त्री डा.प्रकाशशरण महतले विद्यमान पार्टीसँगै देश पपुलिजमको पछाडी दौडिरहेको बताउनु भयो । उहाँले पपुलिजम तिर नलागेर जनतासँग सिधा संवाद गर्नसक्ने र नसक्नेबारे प्रकाश पार्न जरुरी रहेको बताउनु भयो । कुनैपनि देश प्राथमिकीकरण बिना अघि बढ्न नसक्ने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो–‘जनतासँग सिधा संवाद गरेर यि यि कुरा गर्न सकिन्छ, यि यि सकिँदैन, यो यो कारणले भनेर हामीले भन्न सक्नुपर्छ । कुनैपनि देश प्राथमिकीकरण बिना अघि बढ्न सक्दैन । अथाह स्रोत भएको धनाढ्य मुलुकमा त असन्तुष्टी छ, त्यहाँका थ्रुपै आवश्यकताहरु सरकारले पूर्ति गर्न सक्दैन । हाम्रो जस्तो देशले कहाँ गर्नसक्छ ? सम्भव छैन । तर नेतृत्वले अठोट गर्यो भने आवश्यकताअनुसार खर्च गर्छौं भनेर जनतासँग कमिटमेन्ट गरेर अघि बढ्नुपर्छ ।’

कार्यक्रममा अर्का पूर्वअर्थमन्त्री वर्षमान पुनले उच्चस्तरीय सुधार आयोग बनाउने कार्यक्रम चालु बजेटमा राखेर अर्थतन्त्र सुधारका लागि आफूले महत्वपूर्ण काम गरेको बताउनु भयो । उहाँले आर्थिक सुधार आयोगले दिएका सुझावहरुलाई सरकारले अक्षरशः पालना गर्नुपर्नेमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै अन्य वक्ताहरुले कुनैपनि देश प्राथमिकीकरण बिना अघि बढ्न नसक्ने बताए ।