२८ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने



अ+ अ-

काठमाडौं । भोलि शुक्रबारदेखि निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुको माग पूरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर नबनेको आरोप लगाउँदै अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।

प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई कृयाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गर्दै अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । 

साथै शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

यसैकाे कार्यान्वयनका रूपमा निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गरिएका सूचना अभिभावकहरूलाइ पठाइ सकेका छन् ।