१ आश्विन २०८३, बिहीबार
,
Latest
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर कृष्णभीरको सडक खुल्यो, बिहान ६ बजेदेखि दुईतर्फी सवारी चल्ने राष्ट्रिय वाणिज्य बैंकका सेवा निवृत्त कर्मचारीबाट १५ लाख ७४ हजार सहयोग शैक्षिक परामर्श तथा भाषा परीक्षणका लागि नयाँ नियमावलीबमोजिम दर्तामा आउन मन्त्रालयको सूचना एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ जलवायु कूटनीतिमा दीर्घकालीन संस्थागत संरचना निर्माण गर्नुपर्छः परराष्ट्रमन्त्री खनाल अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जानुहुँदै विश्व वित्तीय केन्द्रको सूचकांकमा हङकङको प्रभाव कायमै युक्रेनमा रुसी ड्रोन आक्रमणबाट बसमा सवार पाँच जनाको मृत्यु साउदी अरबले मक्कामाथिको आक्रमण प्रयासलाई ‘रेड लाइन’ भन्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोलिदेखि निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने



अ+ अ-

काठमाडौं । भोलि शुक्रबारदेखि निजी विद्यालयहरुले अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका छन् । आफूहरुको माग पूरा गर्नेतर्फ शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय गम्भीर नबनेको आरोप लगाउँदै अनलाइन कक्षा बन्द गर्ने घोषणा गरेका हुन् ।

प्याब्सन र एन–प्याब्सनले बैकल्पिक शिक्षण सिकाई कृयाकलाप स्थगन गर्न र शिक्षक तथा कर्मचारीलाई बेतलवी घर विदा दिने निर्णय गर्दै अब भौतिक रुपमा विद्यालय सञ्चालयको अनुमति पश्चातमात्र विद्यालय प्रशासन खुला गर्ने दुबै संगठनले बताएका छन् । 

साथै शिक्षक र कर्मचारीको तलब लगायतका सुविधा विद्यालय सञ्चालन भएर आम्दानी सुनिश्चित भएपछि क्रमशः उपलब्ध गराउने निजी विद्यालयहरुले बताएका छन् ।

यसैकाे कार्यान्वयनका रूपमा निजी विद्यालयहरूले अनलाइन कक्षा बन्द गरिएका सूचना अभिभावकहरूलाइ पठाइ सकेका छन् ।