११ श्रावण २०८३, सोमबार
,
Latest
नागढुंगा सुरुङबाट यात्रा गर्दा कुन सवारी साधनले कति तिर्नुपर्छ शुल्क ? सुनसरी घटनाको छानबिन गर्न पाँच सदस्यीय समिति गठन नागढुङ्गा सुरुङमार्गको ‘ब्रेक थ्रु’: नेपाल–जापान सम्बन्धको महत्वपूर्ण कोशेढुङ्गा हिजो तिमीहरूले राजाको इतिहास मेटायौ, आज अरूले तिमीहरूको इतिहास मेटाइदिए : ज्ञानेन्द्र शाही नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग–नेपालको यातायात पूर्वाधारमा ऐतिहासिक फड्कोः अध्यक्ष अकिहिको राजर्षि जनक विश्वविद्यालयको भौतिक पूर्वाधार र शैक्षिक सुधारमा सरकार गम्भीरः शिक्षामन्त्री पोखरेल गैंडाकोटमा अचेत अवस्थामा भेटिएका दुई महिलाको मृत्यु ‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’को उद्घाटन (फाेटाे फिचर) देवानगञ्ज घटनाप्रति मन्त्री मेहताद्वारा दुःख व्यक्त, शान्ति र संयमता कायम राख्न अपिल ‘सी चिनफिङ विचारधारा’ वैश्विक शासनको वैकल्पिक र सफल मोडेल’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सगरमाथा संवादमार्फत नेपालले भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गर्नेछौँः वनमन्त्री शाही



अ+ अ-

काठमाडौँ। वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले सगरमाथा संवादमार्फत नेपालमा जलवायु परिवर्तनले गरेका असर र भोगेका समस्याबारे विश्वको ध्यानाकर्षण गरिने बताउनुभएको छ ।

नेपाल सरकारले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा सगरमाथा संवाद आयोजना गर्दैछ । साथसाथै संस्थाले हालै सोलुखुम्बुको थामेमा गरेको जलवायुसम्बन्धी कार्यक्रमको प्रतिवेदन बुझ्दै आज उहाँले संवादमा हिमालदेखि समुद्री टापुसम्म जलवायुका कारण उत्पन्न समस्याबारे साझा धारणा बनाएर अघि बढ्ने बताउनुभयो ।

मन्त्री शाहीले थामेमा बाढीबाट भएको क्षति र पछिल्लो वस्तुस्थितिबारे ध्यानाकर्षण गराउन स्थलगत कार्यक्रम गरेकामा धन्यवाद दिँदै सुझावलाई सगरमाथा संवादमा छलफलका लागि समावेश गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

त्यस अवसरमा साथसाथै संस्थाका अध्यक्ष प्रजिता कार्कीले थामे क्षेत्रमा जलवायुले गरेका असर तथा स्थानीयका अनुभवबारे जानकारी गराउनुभयो । साथसाथै न्यूज डटकमका प्रधानसम्पादक एवं अन्तरराष्ट्रिय पत्रकार महासङ्घका कार्यकारी सदस्य बद्री सिग्देलले नेपाल जस्तो हिमाली मुलुकमा जलवायु परिवर्तनले तुलनात्मक रूपमा बढी असर परेकाले जलवायुजन्य हानिको क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय मञ्चहरूमा प्रभावकारी रूपमा दाबी गर्नुपर्ने धारणा राख्नुभयो । रासस




भर्खरै