९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान

फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान
अ अ+ अ-

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले केन्द्रीय कार्यालयमा फोहर पानी प्रशोधन गर्न ‘ट्रिटमेन्ट प्लान्ट’ जडान गरेको छ ।

केन्द्रीय कार्यालयमा रहेका शौचालयबाट उत्पादन भएको फोहर पानी प्रशोधन गर्न दैनिक पाँच हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट जडान गरिएको महानगरले जनाएको छ ।

बिजुलीबाट चल्ने यो प्रणालीमा ‘एरोबिक’ र ‘एनएरोबिक’ दुवै विधिबाट फोहर पानी प्रशोधन हुन्छ । यसको लागत करिब रू २० लाख रहेको महानगरको वातावरण व्यवस्थापन विभाग प्रमुख सरिता राईले जानकारी दिनुभयो ।  उहाँका अनुसार यो नमूना योजना हो । यसको नतिजा हेरेर आवश्यकताको आधारमा अन्य स्थानमा पनि प्लान्ट जडान गर्ने तयारी रहेको छ ।

“काठमाडौँको स्वच्छताका लागि घरेलु फोहर व्यवस्थापनसँगै तरल फोहर व्यवस्थापन पनि उत्तिकै आवश्यक छ ।  सानातिना एकाइमा यसको प्रयोगलाई परीक्षण गर्ने हाम्रो योजना छ”, विभाग प्रमुख राई भन्नुहुन्छ, “हाल कार्यालयबाटै परीक्षण सुरु गरेका छौँ । यहाँ तीन दशमलव ६० मिटर लम्बाइ, एक दशमलव २० मिटर चौडाइ र एक दशमलव ९८ मिटर उचाइ भएको प्लान्टभित्र चार वटा च्याम्बर रहेका छन् ।”

वरिष्ठ इञ्जिनियर निशा कोइराला पनि प्रणालीको प्राविधिक पक्ष र यसको प्रयोगबारे परीक्षणका लागि सुरुआत गरिएको बताउनुहुन्छ । त्यस प्राविधिक पक्षबारे उहाँ भन्नुहुन्छ, “शौचालयबाट केही ठोससहितको फोहर पानी प्लान्टमा पुगेपछि पहिले तरल र ठोस छुट्टाइने काम गरिन्छ ।   त्यसपछि एनएरोविक विधि (अक्सिजन दिनु नपर्ने विधि) बाट प्रशोधनको कार्य सुरू हुन्छ ।

तेस्रो चरणमा भने  एरोविक (अक्सिजन दिनुपर्ने विधि) बाट, चौथो चरणमा फिल्टर र किटाणु नष्ट गर्ने कार्य गरिन्छ  । यस विधिबाट तयार भएको पानी दुर्गन्धरहित हुन्छ । बोटबिरूवामा सहजै प्रयोग गर्न सकिन्छ ।”

विभागका इञ्जिनियर रामप्रसाद नेपालका अनुसार महानगरको केन्द्रीय कार्यलय प्लाजा परिसरमा ७२ वटा शौचालय छन् । हाल ४४ वटा शौचालयबाट आउने तरल पानीलाई नमूनाका रूपमा प्रशोधन गरिएको छ । यसबाट प्राप्त हुने नतिजाका आधारमा प्लान्टको क्षमता बढाएर थप शौचालयको तरल पानी मिसाइने उहाँले जानकारी दिनुभयो । प्लाजामा दैनिक करिब नौ हजार लिटर पानीको प्रयोग हुने गरेको उहाँले बताउनुभयो । रासस