३० असार २०८३, मंगलवार
,
Latest
बैङ्ककको बारमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी सन् २०२९ मा युरोपेली सङ्घको जनसङ्ख्या उच्च विन्दुमा पुग्ने, त्यसपछि घट्ने प्रक्षेपण हेटौँडाबाट-काठमाडौँ जाने दुई सडकमार्गमा सवारीसाधन आवागमनमा रोक एसियन भिलेज रिसोर्टका अध्यक्ष शर्मा पक्राउ बीउविजन नियमावली संशोधन बुधबारदेखि १४.२ किलो ग्यास भएका सिलिण्डर बजारमा नक्कली शरणार्थी प्रकरण: को को दोषी ठहर भए, कसलाई कति सजाय ? समयमै उपचार नपाउँदा सर्पदंशका बिरामीले गुमाउँदै छन् ज्यान नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोषका नवनियुक्त प्रतिनिधि हरि दासद्वारा परराष्ट्रमन्त्रीसमक्ष ओहदाको प्रमाणपत्र पेश सार्वजनिक खरिद ऐन संशोधन पूर्वाधार विकासका लागि ‘कोशेढुंगा’: निर्माण व्यवसायी महासंघ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र मलेसियाका सांसदहरुबीच संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान



अ+ अ-

काठमाडौँ । नेपाल र मलेसियाका सांसदहरुले एक आपसमा दुवै देशको संसदीय प्रक्रियाबारे अनुभव आदानप्रदान गरेको छ ।

मंगलवार सिंहदरबारमा राष्ट्रिय सभा अन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समितिका सदस्यहरुले मलेसियाका सांसदहरुसँग संसदीय प्रक्रियाबार अनुभव आदानप्रदान गरेका हुन् । संसदीय प्रक्रियाबारे अनुभव आदान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद बुद्धिमान तामाङले मलेसिया–नेपाल पाल्र्यामेण्ट फ्रेण्ड्सिप ग्रुपले आवश्यक कार्यक्रमहरु गर्न नसकेको बताउनु भयो । उहाँले फ्रेण्ड्सिप ग्रुप बनाए पनि सक्रिय हुन नसकेको जिकिर गर्नुभयो । उहाँले दुई देशबीचको मित्रता अझै प्रगाढ हुँदै जाने विश्वास व्यक्त गर्नुभयो ।

समितिको बैठकमा राष्ट्रिय सभा सदस्य वामदेव गौतमले मलेसिया र नेपालबीच जनस्तरबीचको सम्बन्ध प्रगाढ रहेको बताउनु भयो । उहाँले विकासको गति मलेसियाले धेरै अगाडि बढाएको जिकिर गर्नुभयो ।

समितिको बैठकमा समिति सभापति कमलादेवी पन्तले मलेसियाका सांसदहरुलाई समितिको तर्फबाट मायाको चिनो समेत प्रदान गर्नुभयो । बैठकमा अन्य सांसदहरुले मलेसिया र नेपालबीतको संसदीय सम्बन्ध पनि थप मजबुत बनाउँदै एक अर्काको संसदीय अभ्यासहरु सिक्दै अघि बढ्न जरुरी रहेको बताए ।