९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

पूर्वाधार विकास समिति बैठकः मुआब्जा र सडक बिस्तारको विवादमा छलफल

पूर्वाधार विकास समिति बैठकः मुआब्जा र सडक बिस्तारको विवादमा छलफल
अ अ+ अ-

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समितिका सभापति दीपकबहादुर सिंहले सडक बिस्तारको क्रममा मुआब्जा वितरण र मापदण्डको विषयमा पटक–पटक पत्राचार गर्दा पनि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जवाफ नदिएको गुनासो गर्नुभएको छ ।

मंगलबार सिंहदरबारमा बसेको समितिको बैठकमा समितिको वार्षिक मस्यौदा प्रतिवेदन, २०८१ र समितिमा प्राप्त उजुरीमाथिको छलफलमा उहाँले यस्तो गुनासो गर्नुभएको हो । उहाँले हेटौँडाबाट धरानतर्फको सडक बिस्तार गर्दा बजार क्षेत्रका पुराना बस्तीहरू नष्ट हुने र हजारौँ स्थानीय सुकुम्वासी हुने जोखिम रहेको औँल्याउनु भयो । उहाँले वर्षौँदेखि सरकारलाई कर तिर्दै आइरहेका हजारौँ नागरिकहरू सुकुम्वासी बन्ने चिन्ता व्यक्त गर्नुभयो । उहाँले सडक विस्तारको लागि मुआब्जा दिने र त्यो गर्न नसकिने अर्को विकल्प खोज्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अहिलेको अवस्थामा जुन बाटो बनाउने भन्ने छ, वीरगन्जबाट पनि बाइपास लैजाने गरी एडिबीसँग समझदारी भइसकेको छ । हेटौँडाबाट लैजाँदा खेरी पुरानो बस्ती समाप्त हुन्छ । अहिले पनि समितिबाट त्यो मुआब्जाको बारेमा के कति पैसा दिइयो भनेर मन्त्रालयसँग सोध्दा खेरी, पटक पटक चिठी पठाउँदा पनि मन्त्रालयले जवाफ दिएको छैन । अर्को, हेटौँडादेखि धरानतर्फको बाटो जाँदा खेरी त्यो बजार नै समाप्त हुन्छ । त्यहाँ पनि ३१ मिटर दायाँ र ३१ मिटर बायाँ भनिरहेको छ । त्यसको पनि मुआब्जा पाएको छ भने कस कसले पाएको छ समितिलाई जानकारी दिनू ।  मुआब्जा दिइएको छैन, यो मापदण्ड निर्धारित कुन बेलामा कुन कानुनमा टेकेर गरेको भनेर सोध्या पनि आजको दिनसम्म पूर्वाधार मन्त्रालयले जवाफ दिएको छैन ।  वर्षौँदेखि तिरो तिरेर बस्दै आइरहेको हजारौँ घरहरू र जनता सुकुम्वासी हुने भएकोले यसको उचित मुआब्जासहित यदि यो गर्नुप¥यो, हैन भने उक्त लागतको विकल्पको रूपमा अर्को पनि छ भनेर त्यहाँका स्थानीय निकाय र जनताले भन्दा खेरी किन नगर्ने ?”  

बैठकमा नेकपा (एमाले) का सांसद महेश बस्नेतले हेटौँडा बजारमा सडक विस्तारका क्रममा करिव ३ सय घर प्रभावित हुने समस्यालाई देशव्यापी समस्यासँग जोडेर हेर्नुपर्ने बताउनु भयो । उहाँले हेटौँडाको समस्या समाधान गरिए बिर्तामोडको समस्या समाधान गर्नुपर्ने, इटहरीको समस्या समाधान गरिए र अन्य राजमार्गका बजारहरूका पनि यस्तै समस्या समाधान गर्नुपर्ने बताउनुभयो । उहाँले एउटा कुरालाई मात्रै भन्दा नीतिगत रूपमै सबै समस्याको समाधान गर्नेतर्फ विचार गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले भन्नुभयो, “हेटौँडा बजारको तीन सय घरको सवालमा जुन आएको छ उजुरीमा, त्यो देशव्यापी रूपको समस्या हो । त्यहाँको समस्या समाधान गरियो भने बिर्तामोडको समस्या समाधान गर्नुपर्छ कि पर्दैन ? इटहरीमा त्यो समस्या आउँछ कि आउँदैन, लगायत राजमार्गमा पर्ने जे जति बजार छन्, त्यो सबै साझा समस्याको रूपमा आउँछ । हामीले एउटा कुरालाई मात्रै भन्दा पनि नीतिगत रूपमै हामीले कसरी लैजाने भन्ने कुराहरूमा विचार गर्नुपर्छ होला ।” 

नेकपा (एकीकृत समाजवादी) का सांसद प्रकाश ज्वालाले हेटौँडा बजारबाट पूर्व–पश्चिम राजमार्ग बिस्तार गर्ने विषय निकै जटिल र विवादित रहेको बताउनु भयो । उहाँले कतिपय घर टहराहरूलाई भत्काएर सडकको काम छिटो गर्ने पक्षमा देखिँदा कतिपयहरू विस्थापित हुने डरले अवरोध सिर्जना हुँदै आइरहेको बताउनु भयो । उहाँले मुख्य समस्या नै मुआब्जामा अड्किएको जिकिर गर्नुभयो । उहाँले पहिले मुआब्जा दिने भनेर निर्धारण भएका सडकहरूमा समेत मुआब्जा दिन नसकेर समस्या निम्तिएको भन्दै मुआब्जा दिनेगरी नयाँ निर्णय गर्न बजेटले सम्भव सम्भव नहुने र सरकारले उक्त निर्णय गर्न नसक्ने बताउनु भयो । उहाँले उक्त विषयमा नयाँ विकल्पमा जानुको अर्को विकल्प नभएको भन्दै यसलाई टुङ्गोमा पु¥याउनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “हेटौँडाको जुन बजारबाट पूर्वपश्चिम राजमार्गको बाटो क्लियर गर्ने कुरा निकै विवादित र जटिल विषय छ । कतिपयले भएका घर टहराहरूलाई भत्काएर सडकको काम छिटो गर्न प¥यो भन्छन्, कतिपयले व्यवसाय भत्किन्छ, घर भत्किन्छ, हामी विस्थापित हुन्छौँ भनेर अवरोध गर्ने काम भइरहेको छ ।  त्यसमा सहमति खोज्न हामीले धेरै प्रयत्न ग¥यौ तर त्यति बेला सहमति हुन सकेन । यस विषयमा अदालतको आदेशलाई पनि एउटा आधार बनाउने, अर्को यो अड्किएको मुआब्जा हो । मुआब्जामा कस्तो समस्या छ भने पहिले मुआब्जा दिने भनेर निर्धारण भएका सडकहरूमा समेत मुआब्जा दिन नसकेर अहिले अर्को खालको समस्या परेको छ, विभिन्न सडकहरूमा । मुआब्जा दिने गरी नयाँ निर्णय गरेर सरकारले यो खाल गर्न सक्दैन, त्यो बजेटले सम्भव छैन । मुआब्जा दिन नसक्ने र मुआब्जा नदिई त्यहाँका स्थानीयहरूले बाटो क्लियर गर्न नदिने त्यस्तो विवादको बीचमा एउटा विकल्प भनेको बाइपास हो ।  बाइपास हुँदा खेरी निश्चित रूपमा बाटो लम्बिन्छ, त्यहाँ पनि विवाद हुन्छ फेरि । कि त्यो बजार क्षेत्रमा जति छ त्यतिमै बाटो बनाउने । नयाँ विकल्पमा जानुको अर्को विकल्प हुँदैन । यो विषयमा हामीले टुङ्गोमा पु¥याउनपर्छ ।”

समितिको बैठकमा सांसदहरूले सडक बिस्तार र मुआब्जाको विषयमा स्थानीय जनता, स्थानीय तहका प्रतिनिधि र सङ्घीय सरकारबीचको विवादलाई नीतिगत रूपमा समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।