११ श्रावण २०८३, सोमबार
,
Latest
झापामा स्थानीय तहको सङ्ख्या हेरफेरबारे सर्वपक्षीय छलफल सुरु स्वास्थ्य मन्त्रालयद्वारा नारायणी अस्पतालका सेवा सञ्चालन गर्न अनुरोध सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ क्याफेमा लगेर बालिकामाथि जबरजस्ती करणी, सञ्चालकसहित ५ जना पक्राउ सात बुँदे सहमति पछि डा. गोविन्द केसीले तोडे अनसन क्रसरविरुद्ध सर्वोच्चमा मुद्दा जित्ने बाराकी शिक्षिकालाई प्रहरी र क्रसर व्यवसायीको निरन्तर दबाब आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने अनसनरत डा केसीद्वारा औषधि लिन अस्वीकार बंगलादेशका विश्वचर्चित अलराउन्डर शकिब पोखरा एभेन्जर्समा अनुबन्धित दाङमा ग्यास अभाव भएको विषयमा सञ्चारकर्मीद्वारा प्रशासनको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेलमा रहेका क्यानेडियन र्‍यापरमाथि १४ पटक छुरा हानेर आक्रमण, अवस्था गम्भीर



अ+ अ-

एजेन्सी । अमेरिकी गायिका मेगन रुथलाई गोली हानेको आरोपमा १० वर्षको जेल सजाय भोगिरहेका ग्रामी–नोमिनेशनमा परिसकेका क्यानेडियन र्‍यापर टोरी लानेजमाथि हालै आक्रमण भएको छ ।

जेलमा उनीसँगै बसेका एक व्यक्तिले उनलाई १४ पटक चक्कु प्रहार गरे, जसका कारण गायकको अवस्था गम्भीर छ ।

हालै, उनको टोलीले एक विज्ञप्ति जारी गर्दै भनिएको छ कि घातक आक्रमणका कारण उनको दुवै फोक्सोमा क्षति पुगेको छ ।

टोरी लानेजको टोलीले जारी गरेको विज्ञप्तिमा लानेजलाई १४ पटक (ढाडमा ७ पटक, मुटुमा ४ पटक, टाउकोको पछाडि २ पटक र अनुहारमा एक पटक) छुरा प्रहार गरिएको लेखिएको छ ।

उनको दुवै फोक्सो बिग्रिएको छ र उनलाई भेन्टिलेटरमा राखिएको छ । हाल उनी आफैं सास फेर्न सक्षम छन् । पीडा भए पनि, उनी सामान्य रूपमा बोलिरहेका छन् ।

क्यानेडियन र्‍यापर टोरीले सन् २०२० मा अमेरिकी गायिका तथा लेखिका मेगन रुथ उर्फ ​​मेगन थे स्टालियनलाई गोली हानेका थिए । २०२० मा, गायिका मेगनले न्यूयोर्क टाइम्ससँगको एक अन्तर्वार्तामा टोरीले एक पार्टी पछि आफ्नो खुट्टामा दुई गोली हानेको आरोप लगाएकी थिइन् । यस प्रकरणमा र्‍यापर टोरीलाई अप्रिल २०२२ मा पक्राउ गरिएको थियो ।