२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सचेतक डाँगी



अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले पाका नेतृत्वहरुबाट अब देश विकास हुने आश मरिसकेको बताउनु भयो ।

उहाँले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताउनु भयो । रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ति छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन् । त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरु राख्न चाहन्छु । हामी स्थिर सरकार चाहन्छौँ, जहाँ विकासले गति लिओस् । हाम्रो भविष्य सुनिश्चित गरियोस् ।

हाम्रो हजुरबुबाको पालादेखिका नेताहरुबाट आशा मरिसक्यो सभामुख महोदय, म जन्मिनुअघिदेखि नै प्रधानमन्त्री बन्नुभएका नेताहरुको डेट एक्सपायर भइसक्यो । हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ । हामी रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ । सीप विकासका तालिम चाहन्छौँ ।’

उहाँले आफूहरु केबल डिग्रि नभइ गुणस्तरीय शिक्षा चाहने बताउनु भयो ।