९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सचेतक डाँगी

जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकार चाहेको छः सचेतक डाँगी
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक निशा डाँगीले जेनजी पुस्ताले विकासले गति लिने स्थिर सरकारको चाहना राखेको बताउनुभएको छ ।

प्रतिनिधि सभाको मंगलवारको बैठकमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले जेनजी पुस्ताको भविष् सुनिश्चित गर्न माग गर्नुभयो । उहाँले पाका नेतृत्वहरुबाट अब देश विकास हुने आश मरिसकेको बताउनु भयो ।

उहाँले नयाँ अनुहार र नयाँ सोचको नेतृत्व जेनजी पुस्ताले चाहेको बताउनु भयो । रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति अहिलेको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘यस वर्ष जेनजी पुस्ताको विषयमा धेरै छलफल भए तर ति छलफलले हाम्रो वास्तविक आवश्यकता बुझ्न सकेका छैनन् । त्यसैले म जेनजी पुस्ताको प्रतिनिधित्व गर्दै हाम्रा पुस्ताका मागहरु राख्न चाहन्छु । हामी स्थिर सरकार चाहन्छौँ, जहाँ विकासले गति लिओस् । हाम्रो भविष्य सुनिश्चित गरियोस् ।

हाम्रो हजुरबुबाको पालादेखिका नेताहरुबाट आशा मरिसक्यो सभामुख महोदय, म जन्मिनुअघिदेखि नै प्रधानमन्त्री बन्नुभएका नेताहरुको डेट एक्सपायर भइसक्यो । हामी नयाँ अनुहार र नयाँ सोचको नेतृत्व चाहन्छौँ । हामी रोजगारी र उद्यमशिलतामा प्रोत्साहन गर्ने नीति चाहन्छौँ । सीप विकासका तालिम चाहन्छौँ ।’

उहाँले आफूहरु केबल डिग्रि नभइ गुणस्तरीय शिक्षा चाहने बताउनु भयो ।