९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग हुन्ः मन्त्री खड्का

केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग हुन्ः मन्त्री खड्का
अ अ+ अ-

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपालमा केही भएन भनेर भ्रम फिँजाउनेहरु नेपाल बिरोधी वर्ग भएको बताउनुभएको छ ।

सोमवार सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा २०७८ असार १ गतेको बाढीले पुर्याएको क्षेत्रको स्थलगत अनुगमन गर्दै उहाँले यस्तो बताउनुभएको हो । नेपालमा केही पनि भएन भनेर नकारात्मक भाष्य फिँजाउन एउटा वर्ग नै लागेको उहाँको भनाइ छ । मन्त्री खड्काले देश आफैँले बनाउने भन्दै सकारात्मक सोचका साथ काम गर्नुपर्ने बताउनु भयो ।

नेपालमा केही पनि भएन भनेर नेपालको अर्थतन्त्र बिगार्न लागिपरेका तत्वहरुप्रति सजग रहन आग्रह समेत गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पु¥याएको क्षति नोक्शानीप्रति सरकार गम्भीर रहेको पनि बताउनु भयो । उहाँले २०७८ असार १ गतेको बाढीले मेलम्ची र हेलम्बु क्षेत्रमा पुर्याएको क्षतिको पुनर्निर्माणमा सरकार प्रतिवद्ध रहेको बताउनु भयो ।

उहाँले इन्द्रावती गाउँपालिकास्थित भीमटारमा रहेको २२ वटा टारमा इन्द्रावती नदीको पानी ल्याएर सिंचाईका लागि विस्तृत परियोजना अघि बढाइएको जिकिर गर्नुभयो । उहाँले उक्त २२ वटा टारलाई सिंचाईको व्यवस्था मिलाएपछि सम्पूर्णको जिल्लाको लागि खाद्यान्नको लागि अन्त धाउनु नपर्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले सिन्धुपाल्चोकको कारणले काठमाडौंवासीले पानी पाएको भन्दै सरकारसँग दाबी गर्ने अधिकार समेत समेत धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “यहाँको समस्या हामीलाई अवगत भयो । बजेट बनाउने बेला भएको छ । सबैकुरा भनिहाल्न नहुनेछ । गोप्य राख्ने भनिएको छ । हुनेसम्म प्रयास गर्ने हो । यहाँको अवस्थालाई नजिकबाट हेरेका छौँ । डिपिआर शुरु गरौँ । क्रमागत रुपमा सिंचाईको सुविधा पुर्याऔँ । तटवन्धनको विषय छ ।

हामीले पानीको अधिकतम सदुपयोग गर्ने हो । अहिले कति ठाउँमा सम्झौता गरेका छौँ । सिंचाईका लागि नहर, कुलो खनेर लैजान्छौँ । ड्याम बनाएर हाइड्रोपावर पनि उत्पादन गर्छौं । सँगै खानेपानीका लागि पनि वितरण गर्छौं । काम प्रशस्त भइरहेका छन् । सकारात्मक सोचका साथ काम गरौँ । भएन भएन भन्ने भाष्य तयार गरिएको छ ।

भएको कुरा नदेख्ने र केही भएन भनेर एउटा वर्ग नै लागेको छ । यो नेपाल बिरोधी वर्ग हो । त्यस्तो वर्गलाई पनि सचेत गराउनु पर्छ । हामीले नबनाए कसले बनाउँछ, हामीले नगरे कसले गर्दछ ? हाम्रो माटो, हाम्रो भूमि हामीले निर्माण गर्ने हो । भएन भन्ने भाष्य निर्माण गरेर नेपालको अर्थतन्त्र बिगार्न लागिरहेका तत्वप्रति सजग रहन आग्रह गर्दछु ।”

उहाँले प्राकृतिक प्रकोपको जोखिमहरू भइरहने हुनाले खोला किनारमा अझै पनि ध्यान दिनुपर्ने जिकिर गर्नुभयो ।