३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाक तनावपछि रोकिएका आईपीएलका बाँकी खेल जेठ ३ देखि हुने



अ+ अ-

काठमाडौं । भारत र पाकिस्तानबीच तनाव बढेपछि रोकिएका इन्डियिन प्रिमियर लिग– आईपीएलका बाँकी खेल आगामी जेठ ३ गते (१७ मे) देखि सुरु हुने भएका छन् । कश्मीरको सीमामा भारत र पाकिस्तानबीच उत्पन्न तनावका कारण मे ९ का दिन आईपीएल एक साताका लागि स्थगित भएको थियो ।

आईपीएलका बाँकी खेलहरू बैङ्गलोर, जयपुर, दिल्ली, लखनउ, मुम्बई र अहमदाबाद गरी ६ ठाउँमा सञ्चालन हुनेछन् ।

आईपीएलको प्ले अफको स्थान भने निर्णय हुने बाँकी छ । तथापि मिति भने पक्का भइसकेको छ ।

पहिलो क्वालिफायर २९ मे तथा इलिमिनेटरको खेल ३० मे मा हुनेछ । १ जुनमा दोस्रो क्वालिफायर हुनेछ ।

यसअघि ८ मे का लागि धर्मशालामा हुने भनिएको पन्जाब किङ र मुम्बई इन्डियन्सबीचको खेल २४ मे मा हुनेछ । यस्तै १७ मे मा कलकत्ता नाइटराइडर्स र रोयल च्यालेन्जर बैङ्गलोरबीचको खेल हुनेछ । आईपीएलको फाइनल खेल ३ जुनमा हुने तालिका छ ।