९ असार २०८२, सोमबार
,
Latest
भिजिट भिसा प्रकरणको छानबिन गर्न पूर्वमुख्यसचिव वैरागीको नेतृत्वमा समिति गठन अमला रोका रिहालगत्तै पक्राउ विद्युत् प्राधिकरणको सञ्चालक समिति सदस्यमा पौडेल नियुक्त बजेटको सफल कार्यान्वयनमा सहकार्यको अपेक्षाः महिला मन्त्री सुडी घरेलु मदिराको बजारीकरण विशेष प्राथमिकतामा छः उद्योगमन्त्री भण्डारी खेलाडीको क्षमता अभिवृद्धिका लागि सरकारले योजनाबद्ध प्रयास गरेको छः मन्त्री चौधरी अनमोल केसीले साइन गरे ‘ए मेरो हजुर ५’ सलमान खान ‘ब्रेन एन्युरिज्म’ रोगबाट पीडित श्रीलंकामा आर्थिक सुधारको संकेत, महँगी दर ०.६ प्रतिशतमा सीमित ग्लोबल आइएमई बैंकका ग्राहकलाई आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टका सेवाहरुमा १५ प्रतिशतसम्म छुट
तपाईं के खोज्दै हुनुहुन्छ ?

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलव्ध



अ+ अ-

तनहुँ। यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्मको नौ महिनामा ती परिवारलाई रु तीन करोड ७९ लाख ६८ हजार २५६ उपलब्ध गराएको हो । वैदेशिक रोजगारीमा ज्यान गुमाएका, ठगीमा परेका र घाइते उपचारसहित कूल रु चार करोड ३४ लाख २० हजार २५६ क्षतिपूर्ति रकम उपलब्ध गराएको प्रशासन कार्यालयले जनाएको छ ।

ठगीमा परेका बाह्र जनालाई रु ५४ लाख दुई र दुर्घटनामा घाइते एक जनाको उपचारका लागि रु एक लाख रकम उपलव्ध गराइएको सामी कार्यक्रमका परामर्शकर्ता गोमा तिवारीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत १८१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ५४ वटा फर्छ्यौट भएका छन्भने १२७ वटा कारबाहीको प्रक्रियामा छन् ।

उहाँका अनुसार व्यास नगरपालिका ६३, भानुमा पन्ध्र, शुक्लागण्डकीमा २३, म्याग्देमा २१, भीमादमा १३, ऋषिङबाट १२, बन्दीपुर १७, देवघाट चार, घिरिङमा तीन र अन्य जिल्लाबाट नौैैैैैैैैैैैैैैैैैैै मुद्दा दर्ता भएका थिए ।

उहाँले भन्नुभयो “नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान लागेका नौ हजार १६० जनालाई सचेतनासम्बन्धी परामर्श दिइएको छ ।” सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । रासस