९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलव्ध

वैदेशिक रोजगारीमा ज्यान गुमाएका परिवारलाई क्षतिपूर्ति उपलव्ध
अ अ+ अ-

तनहुँ। यहाँस्थित जिल्ला प्रशासन कार्यालयले सुरक्षित आप्रवासन कार्यक्रम (सामी) अन्तर्गत वैदेशिक रोजगारीमा ज्यान गुमाएका १४ परिवारलाई क्षतिपूर्ति रकम उपलब्ध गराएको छ ।

चालु आर्थिक वर्षको साउनदेखि चैत्रसम्मको नौ महिनामा ती परिवारलाई रु तीन करोड ७९ लाख ६८ हजार २५६ उपलब्ध गराएको हो । वैदेशिक रोजगारीमा ज्यान गुमाएका, ठगीमा परेका र घाइते उपचारसहित कूल रु चार करोड ३४ लाख २० हजार २५६ क्षतिपूर्ति रकम उपलब्ध गराएको प्रशासन कार्यालयले जनाएको छ ।

ठगीमा परेका बाह्र जनालाई रु ५४ लाख दुई र दुर्घटनामा घाइते एक जनाको उपचारका लागि रु एक लाख रकम उपलव्ध गराइएको सामी कार्यक्रमका परामर्शकर्ता गोमा तिवारीले जानकारी दिनुभयो ।

उक्त कार्यक्रम अन्तर्गत १८१ वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ५४ वटा फर्छ्यौट भएका छन्भने १२७ वटा कारबाहीको प्रक्रियामा छन् ।

उहाँका अनुसार व्यास नगरपालिका ६३, भानुमा पन्ध्र, शुक्लागण्डकीमा २३, म्याग्देमा २१, भीमादमा १३, ऋषिङबाट १२, बन्दीपुर १७, देवघाट चार, घिरिङमा तीन र अन्य जिल्लाबाट नौैैैैैैैैैैैैैैैैैैै मुद्दा दर्ता भएका थिए ।

उहाँले भन्नुभयो “नौ महिनाको अवधिमा वैदेशिक रोजगारीमा जान लागेका नौ हजार १६० जनालाई सचेतनासम्बन्धी परामर्श दिइएको छ ।” सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौताअनुसार नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमार्फत हेल्भेटास नेपालको प्राविधिक सहयोगमा कार्यक्रम सञ्चालन हुँदै आएको छ । रासस