२६ श्रावण २०८३, मंगलवार
,
Latest
कङ्गोमा इबोलाबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार नाघ्यो सोमालियाका विस्थापित शिविरमा बाल कुपोषण बढ्दै पूर्वराष्ट्रपति असदसहित सात अधिकारीलाई सिरियामा मृत्युदण्ड एमाले र नेकपाद्वारा प्रदेश सरकारमा मन्त्रालय बाँडफाँटको आधार तय निशान छापको दुरूपयोग गर्ने एक जना पक्राउ सुनसरीको कप्तानगञ्ज घटना छानबिनका लागि न्यायिक आयोग गठन गर्न काँग्रेसको माग लालबकैया खोलामा नुहाउने क्रममा तीन बालबालिका बेपत्ता बेपत्ता पारिएका व्यक्तिको छानबिनलाई प्रभावकारी बनाइने शेखर गोल्छासँग मागियो एक करोड धरौटी युवाको सहकार्यबाट राज्यको भविष्य निर्माण गर्नुपर्छ : मुख्य सचेतक बुर्लाकोटी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर बढाउने होडबाजीमा रहेका अमेरिका र चीनबीच व्यापार सम्झौता



अ+ अ-

काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । एक–आपसमा कर बढाउने होडबाजीमा रहेका दुई देशबीच दुई दिनको वार्तापछि व्यापार सम्झौता भएको हो । यो सम्झौताले दुवै देशका अधिकारीहरु उत्साहित भएका छन् ।

अमेरिकाका सेक्रेटरी अफ ट्रेजरी स्कट बेसेन्टले यस सम्झौताबाट महत्वपूर्ण प्रगति भएको बताएका छन् र विस्तृत विवरणपछि सार्वजनिक गरिने बताएका छन् । सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई जानकारी गराइसकेका उनको भनाइ छ ।

दुई देशबीच व्यापार युद्धको अवस्थामा रहेको बेला यस सम्झौता उपलब्धिमूलक मानिएको छ र यसले व्यापार सम्बन्ध सुधार गर्ने आशा गरिएको छ ।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले दुई दिनको वार्ता रचनात्मक भएको र निकै छिटो सहमतिको बिन्दुमा पुगेको बताए । ‘यसले हामीबीच त्यति ठूलो मतभेद थिएन जति ठूलो सोच थियो भन्ने देखाउँछ,’ उनले भनेका छन् ।

बेलाबेला अतिरिक्त शुल्क र कर लगाएर व्यापार युद्धको अवस्थामा पुगेका दुई देशका अधिकारीहरुबीच व्यापार सम्झौता हुनुलाई उपलब्धिमूलक मानिएको छ ।

हालै राष्ट्रपति ट्रम्पले अमेरिकाको व्यापार घाटा १२ सय अर्ब डलर पुगेको भन्दै ट्यारिफ लगाउने घोषणा गरेका थिए । जेमिसनले चीनसँग भएको यो सम्झौताले व्यापार घाटा समाधानतर्फ अगाडि बढ्न सघाउने विश्वास व्यक्त गरे ।