३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेशमा बालबालिका खोजतलास केन्द्र सञ्चालन



अ+ अ-

कर्णाली। कर्णाली प्रदेश सरकारले बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा ल्याएको छ । सुर्खेतको वीरेन्द्रनगरमा स्थापित केन्द्रको आज प्रदेशका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उद्घाटन गर्नुभयो ।

    कार्यक्रममा मन्त्री भण्डारीले बालबालिकाको खोजतलासमा सहयोग पुग्ने उद्देश्यका साथै आश्रयस्थलका रूपमा विकास गर्न केन्द्र सञ्चालन गरिएको बताउनुभयो । उहाँले भन्नुभयो, “केन्द्र स्थापनाले यहाँका बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्नेछ । आगामी दिनमा केन्द्रलाई थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार आवश्यक योजनासहित अगाडि बढ्छ ।”

बालबालिकाको खोजतलासका लागि टोलफ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिने पनि त्यस अवसरमा जानकारी दिइयो । सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालनमा हुने केन्द्रमा नेपाल प्रहरी र टेलिकमको सहकार्य रहने छ । रासस