२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

हत्या गरेको अभियोगमा पक्राउ



अ+ अ-

खोटाङ।  आफ्नै श्रीमान् ५१ वर्षीय पाँचकर्ण राईको हत्या गरेको अभियोगमा हलेसी तुवाचुङ नगरपालिका-९ माथिल्लो चिचिङ्गा बस्ने ५३ वर्षीया रेनुका राईलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

विवादको क्रममा रेनुकाले कोदालोको पासो प्रहार गर्दा पाँचकर्ण गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी अर्खौलेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते भएका पाँचकर्णको अन्नपूर्ण न्यूरो अस्पताल काठमाडौंमा थप उपचारको क्रममा मृत्यु भएको हो ।

झापा, आफ्नै श्रीमती ३४ वर्षीया विटी हेमरन भन्ने पूजा हेमरनको हत्या गरेको अभियोगमा कन्काई नगरपालिका-२ सुकेडागी बस्ने ३५ वर्षीय कविराज हेमरनलाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

कविराजले खुकरी प्रहार गर्दा पूजाको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय सुरूङ्गाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको   हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।