२८ भाद्र २०८३, आईतवार
,
Latest
प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

बीएनए बास्केटबल मंगलबारदेखि



अ+ अ-

काठमाडौं। बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को आयोजनामा आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता मंगलबारदेखि हुने भएको छ ।

प्रतियोगितामा २ विधामा २४ टिमको सहभागिता रहने बीएनएका प्रिन्सिपल टंककुमार चापागाईंले आइतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए । जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ गरी २४ टिम सहभागी हुने छन् । दुवै समूहको सहभागीलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ ।

जुनियर ब्वाइजमा कक्षा ८ सम्म तथा सिनियर गल्र्समा कक्षा १० सम्म अध्ययनरत विद्यार्थी खेलाडीले सहभागी हुन पाउने प्रतियोगिता संयोजक नारायण खवासले जानकारी गराए ।

प्रतियोगिता सञ्चालन गर्न करिब ३ लाख रुपैयाँ खर्च हुने विद्यालयका को–ओर्डिनेटर सन्तोष फुयालले बताए । जेठ ६ गतेसम्म चल्ने प्रतियोगिताका खेलहरु बसुन्धारास्थित नमुना टोलमा खेलाइने छ । जुनियर ब्वाइजमा सेब तथा सिनियर गल्र्समा भ्याली पब्लिक डिफेन्डिङ च्याम्पियन हुन् ।

बीएनएले आफ्नो बास्केटबल कोर्ट पनि पुनर्निमार्ण गरेको छ । पुनर्निमार्ण गर्न करिब ६ लाख रुपैयाँ खर्च भएको प्रिन्सिपल चापागाईंले बताए ।