५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा थापा र गड्तौलाको नाम सिफारिस



अ+ अ-

काठमाडौँ । सरकारद्वारा गठित सिफारिस समितिले संक्रमणकालीन न्यायसम्बन्धी काम गर्ने दुई आयोगमा पदाधिकारीहरूको नाम सिफारिस गरेको छ ।

स्रोतका अनुसार सत्य निरुपण तथा मेलमिलाप आयोगमा उच्च अदालतका पूर्वन्यायाधीश महेश थापा र बेपत्ता छानबिन आयोगमा पूर्व मुख्यसचिव लिलादेवी गड्तौलाको नाम सिफारिस गरिएको हो ।

यसअघि द्वन्द्वपीडितहरूले प्रक्रियामा असहमति जनाएका थिए । भागबन्डामा पदाधिकारी छनौट गर्न खोजिएको र आफूहरूसँग कुनै परामर्श नगरिएको उनीहरुको आरोप थियो ।