५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट कारागारको शौचालयमा झुण्डिएको अवस्थामा फेला परे थुनुवा



अ+ अ-

काठमाडौँ । जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत भेटिनेमा भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा रहेका छन् ।

उनले आइतबार बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए ।

मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ