३० बैशाख २०८२, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जाजरकोट कारागारको शौचालयमा झुण्डिएको अवस्थामा फेला परे थुनुवा



अ+ अ-

काठमाडौँ । जाजरकोट कारागारमा थुनामा रहेका एक युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

मृत भेटिनेमा भेरी नगरपालिका–१० का २६ वर्षीय दीपक बुढा रहेका छन् ।

उनले आइतबार बिहान कारागारको शौचालयमा झुण्डिएर आत्महत्या गरेका हुन् ।

प्रहरीका अनुसार उनी जबर्जस्ती करणी आरोपमा २०८१ चैत ५ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएका थिए ।

मुद्दाको फैसला आउनुअघि नै उनले आत्महत्या गरेका हुन् । घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ