९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

गीत बजाएको आरोपमा १४ जना पक्राउ

गीत बजाएको आरोपमा १४ जना पक्राउ
अ अ+ अ-

एजेन्सी । अफगानिस्तानको उत्तरी क्षेत्रमा तालिबान अधिकारीहरूले सत्ता सम्हालेयता प्रतिबन्धित वाद्यवादन र गीत गाउने १४ जनालाई शुक्रबार पक्राउ गरेको प्रान्तीय प्रहरीले शनिबार जनाएको छ।

तालिवान सरकारले सन् २०२१ मा सत्ता कब्जा गरेदेखि नै इस्लामी कानुनप्रतिको उनीहरूको कठोर दृष्टिकोणलाई प्रतिबिम्बित गर्ने कानून र नियमहरू निरन्तर लागू गर्दै आएको छ।

प्रतिबन्धित गीत सङ्गितलाई सार्वजनिक रूपमा प्रत्यक्ष प्रदर्शनदेखि लिएर जमघटमा, रेस्टुरेन्टमा, कारमा वा रेडियो र टिभीमा बजाउनसमेत निषेध गरिएको छ ।

प्रहरीले एक विज्ञप्ति जारी गर्दै बिहीबार राति उत्तरी तखार प्रान्तको राजधानीमा ‘रातको समयको फाइदा उठाउँदै’ एक आवासीय घरमा भेला भई चौध जनाको एक समूहले बाजा बजाइरहेका थिए र गीत गाइरहेका थिए । प्रशासनले ती गीतले जनतामा अशान्ति पैदा गरेको आरोप लगाइएको छ ।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेको बताइएको छ ।

तालिबानले अफगानिस्थानको सत्ता आफ्नो कब्जामा लिएपछि अधिकारीहरूले सङ्गीत विद्यालयहरू बन्द गरेका थिए र सङ्गीतले ‘नैतिक भ्रष्टाचार’ र सार्वजनिक अशान्ति निम्त्याएको भन्दै वाद्ययन्त्र र ध्वनि प्रणालीहरू भाँच्ने फुटाउने वा जलाउने गरेका थिए।

विवाह घरहरूमा अहिलेसङ्गीत बजाउन अनुमति छैन तर अलग–अलग महिला समूहहरू प्रायः गोप्य रूपमा भेला भई गीत सङ्गीतको आनन्द लिने गर्छन् ।

अफगानिस्तानमा आफ्नो जीविकोपार्जन गुमाएपछि धेरै अफगानी सङ्गीतकर्मीहरू डरले वा कामको खोजीमा तालिवान प्रशाशित यस मुलुकबाट पलायन भएका छन् ।

तालिवान अधिकारीहरूले पूर्व सङ्गीतकारहरूलाई उनीहरूको अघिल्लो शासनमा १९९६–२००१ को शासनकालमा अनुमति दिइएको गीत सङ्गीत सिर्जना गर्न र आफ्नो प्रतिभालाई इस्लामी कवितातर्फ केन्द्रित गर्न वाश्लोकहरूमा इस्लाम मन्त्र समेट्न प्रोत्साहित गर्नेगरेका छन् ।