२८ भाद्र २०८३, आईतवार
,
Latest
प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या शुक्लाफाँटामा हात्तीले दुई घर भत्कायो विपद्को पीडामा खल्लो बन्दै तीज अध्यक्ष ओलीलाई ध्यानाकर्षणपत्र बुझाइयो मुख्यमन्त्री थापाद्वारा चेस ओलम्पियाड खेलाडीलाई बिदाइ सिंहदरबारबाट कक्षाकोठासम्मः समयसापेक्ष शिक्षा नीति आवश्यक नेसनल प्याब्सन कास्कीमा ३० भन्दा बढी कम्प्युटर शिक्षकको सहभागितामा अन्तरक्रिया सम्पन्न भोटेकोशी बाढी प्रभावितलाई मासिक १५ हजारसम्म आवास खर्च उपलब्ध गराउने सरकारको निर्णय समस्याग्रस्त बाघ व्यवस्थापन गर्न चितवनमा टाइगर सेन्चुरी निर्माण हुँदै तीजको दर खर्च कटाएर काभ्रेमा महिलाद्वारा बाढीपीडितलाई एक लाख ६ हजार सहयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

दलहरूले जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्छ : अध्यक्ष बिजुक्छे



अ+ अ-

मोरङ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेले जनताले ठूलो सङ्घर्षबाट हटाएको निरङ्कुश राजतन्त्र पुनः फर्कने कुनै सम्भावना नरहेको ठोकुवा गर्नुभएको छ ।

पार्टीको कोशी प्रदेश कमिटीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उहाँले विश्वका अधिकांश मुलुकमा राजसंस्था निरङ्कुश रहेको चर्चा गर्दै व्यापारी पूर्वराजालाई जनताले कुनै पनि हालतमा स्थापना नगर्ने बताउनुभयो ।

अध्यक्ष बिजुक्छेले वर्तमान सत्ताधारी पार्टीहरूले निर्वाचनका समयमा सार्वजनिक गरेको घोषणापत्रअनुसार कार्य गरी जनताको जीवनस्तर उकास्नेतर्फ लाग्नुपर्ने सुझाव दिनुभयो । उहाँले सरकारले हालै ल्याएको नीति तथा कार्यक्रम पुरानै परम्परावादी भएकाले त्यसले जनताको जीवनस्तर उकास्ने र मुलुकको आर्थिक चलायमान कायम गर्न नसक्ने दाबी गर्नुभयो ।

एक प्रश्नको जवाफमा अध्यक्ष बिजुक्छेले जनताले पार्टीलाई दिएको मताधिकार सरकारमा सहभागी हुन होइन प्रतिपक्षमा बस्न र जनताको समस्या उठाउन दिएको बताउनुभयो । उहाँले  सरकारले विगत एक महिनामा पनि नेपाल राष्ट्र बैङ्कको गभर्नर नियुक्त गर्न नसक्नु लाजमर्दो भएको चर्चा गर्नुभयो । रासस