९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रविन्द्र मिश्रलगायतका नेताहरुलाई बिना शर्त तत्काल रिहा गर्न कमल थापाको माग

रविन्द्र मिश्रलगायतका नेताहरुलाई बिना शर्त तत्काल रिहा गर्न कमल थापाको माग
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी,नेपालका अध्यक्ष कमल थापाले हिरासतमा रहेका रविन्द्र मिश्रलगायतका नेता तथा कार्यकर्तालाई बिना शर्त तत्काल रिहाइ गर्न सरकारसँग माग गर्नुभएको छ ।

शनिवार ललितपुरको जावलाखेलमा भएको रिले अनशनमा सहभागी हुनुभएका अध्यक्ष थापाले तीनकुने घटनामा पक्राउ परेका सबै नेता तथा कार्यकर्ताहरुलाई रिहाइ गर्न माग गर्नुभएको हो ।

उहाँले आफ्ना नेता तथा कार्यकर्ता संविधानले दिएको अधिकार प्रयोग गरी आफ्ना विचार राख्ने क्रममा पक्राउ परेको बताउनु भयो । उनीहरु आस्थाको बन्दी भएको उहाँको भनाइ छ ।

उहाँले हतियार बोकेर वा कुनै हिंसात्मक गतिविधिमा सम्लग्न नभएको व्यक्तिहरुलाई सरकारले अपराधी सरह पक्राउ गरी झुटा मुद्दा लगाउने दुष्प्रयास गरेका आरोप लगाउनु भयो । उहाँले वर्तमान सरकार भ्रष्ट र निरंकुश भएको आरोप लगाउनु भयो । उहाँले आस्थाका बन्दीहरुलाई रिहाइका लागि देशभरबाट सरकारलाई दबाब दिनेक्रम जारी रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उनीहरु कुनै अपराधी होइनन् । उनीहरुले संविधानद्वारा प्रदत्त अभिव्यक्ति स्वतन्त्र र विना हातहतियार भेला हुन पाउने अधिकारको उपयोग गरेका हुन् । तर वर्तमान निरंकुश र भ्रष्ट सरकारले उनीहरुमाथि अनेकौँ झुटा मुद्दा लगाउने दुस्प्रयास गरिराखेका छ । उहाँहरुलाई ४३ दिनदेखि थुनामा राखेको छ । उहाँहरु सबैको बयान सकिएको अवस्थामा पनि नयाँ नयाँ मुद्दा सिर्जना गर्दै फसाउने ढंगबाट प्रतिशोधको हिसाबले सरकार प्रश्तुत भइरहेका छ ।

तसर्थ देशका विभिन्न भागहरुमा विभिन्न दल र राजनीतिक समूहहरुले आआफ्नै ढंगबाट आस्थाको बन्दीको रिहाइका लागि दबाब दिइरहेका छन् । र त्यही शिलाशिलामा जाउलाखेलमा राष्ट्रवादी देशभक्त युवाहरुको आयोजनामा भइरहेको यो दबाबमूलक कार्यक्रममा ऐक्यवद्धता प्रकट गर्न म यहाँ आएको हुँ । र सरकारलाई आग्रह गर्न चाहन्छु कत्तिपनि बिलम्ब नगरी कन आस्थाका बन्दीहरु रविन्द्र मिश्रलगायतका बन्दीहरु अपराधी होइनन् उनीहरुले हिंसात्मक अराजनीतिक गतिविधि गरेका छैनन् ।’

अध्यक्ष थापाले सरकारले अन्यायपूर्वक पक्राउ गरी हिरासतमा राखेका नेता तथा कार्यकर्ताहरु हिन्दु राष्ट्र र राजसंस्था विचारका संवाहक र राष्ट्रवादी योद्दा भएको जिकिर गर्नुभयो ।