५ भाद्र २०८३, शुक्रबार
,
Latest
प्रधानमन्त्री शाह पोखरा भ्रमणमा, अस्तामस्थित इको भिलेजमा बस्ने (तस्बिरसहित) बाँसबारीमा जमिन भासिँदा साढे दुईतले घर पल्टियो पुरानो पहिरोको पिरलो ‘सुपर एल निनो’ को उच्च जोखिमः पूर्वतयारी र जल–ऊर्जा सुरक्षामा जोड दिन ऊर्जामन्त्रीको निर्देशन रास्वपा केन्द्रीय समितिको बैठक सुरु गाडी मात्र होइन, अटोमोबाइल उद्योगको पूरा इकोसिस्टम देखाउँदै नाडा अटो शो पुराना र अदालतबाट निरुपण भइसकेका विषयमा पुनः छलफल आवश्यक छैनः उपनेता अर्याल सूचना प्रवाह कानूनी बाध्यताको विषय हो, यसमा समितिको थप निर्देशन आवश्यक छैनः वर्षमान पुन संसदीय सुनुवाई समितिको क्षेत्राधिकार र गोपनीयतामा सचेत बन्न रास्वपा प्रमुख सचेतक बुर्लाकोटीको आग्रह गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाषा र संस्कृति संरक्षण गरी पुस्तान्तरण आवश्यक: उपप्रधानमन्त्री सिंह



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशकै सम्पदाका रुपमा रहेको नेवारी कला, साहित्य, भाषा र संस्कृतिको संरक्षण र पुस्तान्तरण आवश्यक रहेको बताउनुभएको छ ।

नेपाल भाषा, एकेडेमीद्वारा आज यहाँ आयोजित ‘नेवाः प्रविधि र शिल्प ज्ञान पहिलो राष्ट्रिय गोष्ठी’को उद्घाटन गर्दै उहाँले मुलुकका सांस्कृतिक धरोहरको संरक्षणमा ऐकेडेमीले गरिरहेको योगदान अनुकरणीय रहेको बताउनुभयो ।

उप्रधानमन्त्री सिंहले भन्नुभयो, “सम्पदाका रुपमा रहेका पहिचानको संरक्षण गर्दै नेवार समुदाय राजनीतिमा पनि आउन जरुरी छ, कार्यक्रमको निचोड समुदायका सबै तह र तप्काले थाहा पाउनुपर्छ ।”

काठमाडौँ महानगरका उपप्रमुख सुनिता डङ्गोलले नेपालको मौलिक संस्कृति र संस्कार बोकेको नेवार समुदायको परिचयका रुपमा रहेका खानपान, बाजागाजा, रहनसहन, जात्रा, वेशभूषा, कृषिकर्म र शिल्प ज्ञानलाई विज्ञान र आधुनिकतासँग जोड्नसके नयाँपुस्तालाई आफ्नो सभ्यता अघि बढाउन सहज हुने धारणा व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, “नेवा प्रविधि र शिल्प ज्ञानलाई पाश्चात्य दृष्टिकोणबाट मात्र नभई समुदायले विचारका आधारमा अनुसन्धान अघि बढाउन जरुरी छ, नेपाल भाषा नेपालीलेभन्दा विदेशीले बढी अनुसन्धान गरेको तथ्याङ्कले देखाएको छ ।”

नेपाल भाषा एकेडेमीका चान्सलर मल्ल के सुन्दरले नेवाः सभ्यता– नेवा प्रविधि–शिल्प ज्ञान विषयक कार्यपत्र प्रस्तुत गर्दै नेवारी समुदायले अभ्यास गरिरहेका चित्रकला, जात्रा, पर्व, नाटक, लेख, अनुसन्धान र खानपिन देशकै अमूल्य निधि भएको बताउनुभयो । नेवार सांस्कृतिक समुदायका रूपमा पहिलेदेखि परिचित भए पनि नेवार एउटा सभ्यता हो, भनेर पुष्टि गर्न आजको कार्यक्रम पहिलो प्रयास भएको दाबी गर्नुभयो ।

नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका प्रतिनिधि राम मादेनले आदिवासी समुदायभित्र आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचान जोगाउने सूचीमा नेवार समुदाय अग्रस्थानमा रहेको उल्लेख गर्नुभयो ।

प्रतिष्ठानका उपकुलपति पुष्पराज राजकर्णीकारले विश्वमै एउटा सभ्यताका रुपमा रहेको नेवारी समुदायले गर्दै आएका खेतीपाती, जात्रा, पर्व र शिल्पज्ञानलगायत प्राविधिक विषयलाई थप परिस्कृत गर्दै लैजान आवश्यक रहेको धारणा राख्नुभयो ।