५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेता होइन, जनताको सोचमा परिवर्तन गर्नुपर्छः सभामुख घिमिरे



अ+ अ-

काठमाडौँ । सभामुख देवराज घिमिरेले नेता परिवर्तन गर्ने नभइ जनताको सोचमा परिवर्तन हुन जरुरी रहेको बताउनुभएको छ ।

शनिवार सिंहदरबारमा पूर्व सांसद मञ्चले आयोजना गरेको नेपालको वर्तमान अवस्थाः चुनौति र समाधान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । सभामुख घिमिरेले यथार्थ के हो भन्ने बारे नेपाली जनताहरुले हेर्ने काम कम भइरहेको बताउनु भयो ।

उहाँले कसैले बनाएको एउटा धारणालाई सही र गलत नछुट्याइ अघि बढ्ने परिपाटी विकसित भइरहेकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले यथार्थलाई बुझ्ने,बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम हुँदै गएको बताउनु भयो । जनताको सोचमा  परिवर्तन आउनुपर्ने समय आएको बताउनु भयो । जनताको सोच व्यवहारमा परिवर्तन हुन नसक्दा र कुुप्रचारले महत्व पाएकोले सही विषय पनि गलत देखिन थालेको बताउनु भयो । नेताको परिवर्तन प्रणालीले नै गरिरहेको पनि सभामुख घिमिरेले बताउनु भयो ।

सभामुख घिमिरेले भन्नुभयो, ‘काठमाडौंको चैत्र १५ गतेको बिरोध प्रदर्शनको हत्या, हिंसा, आगजनी, लुटपाट, चोरी डकैतीको कुरालाई लिएर अहिले चर्चा छ ।  नेताको  बिरुद्धमा र अहिलेको प्रणाली वा नीतिको  बिरुद्धमा  अभियान छ । यो संसदीय प्रणाली, वा शासन प्रणालीको बिरुद्धमा चर्चा चलिरहँदाखेरी एक जना कलाकारले नेता परिवर्तन होइन, जनता परिवर्तन गर्नुपर्छ भन्नेकुराहरु उठाएको छ । मलाई पनि त्यो कुराहरु सोच्नुपर्छ भन्ने लाग्छ । किनभने यथार्थ के हो भन्नेकुरा नेपाली जनताहरुले हेर्ने  काम कम भइरहेको छ । एउटा धारणा बनायो, त्यसलाई चर्चामा जाने कुरा गरिएको छ । व्यवस्था परिवर्तन भयो, अवस्था परिवर्तन भएन भन्ने व्यापक छ । आम जनतामै छ । आम रुपबाटै छ । हामीले यसलाई मसिनो विश्लेषण गर्ने हो भने आम रुपबाट छ । तर यथार्थ त्यस्तो हो की होइन ? यथार्थ त्यस्तो होइन । यथार्थलाई बुझ्ने बुझाउने र त्यसलाई लिएर अगाडि बढ्ने मानसिकता कम भइरहेको । त्यसको मतलव हो जनताको सोच परिवर्तन गर्नुपर्ने भएको छ । जनताको सोच किन परिवर्तन हुँदैन, व्यवहारमा परिवर्तन नदेखेपछि हुँदैन । कुुप्रचारले महत्व पाइसकेपछि सही कुरा पनि हराएर जान्छ । सही कुराको विकास हुँदैन । आज जनताले सबैकुरा नकारात्मक मात्रै देखिरहँदा वा जनताको बीचमा त्यो प्रचार भइरहँदा त्यो यथार्थ हो की होइन भन्ने छ । नेता परिवर्तन त प्रणालीले नै गर्दछ । आवधिक निर्वाचनले गर्दछ ।’

सभामुख घिमिरेले अहिले राजनीतिमा अस्थिरता रहेको बताउनु भयो । देशमा बढिरहेको प्रणाली बिरुद्धको अभियानलाई जनताले निगरानीका साथ हेर्नुपर्ने र सजगताका साथ व्यवहार गर्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ।