३ पुष २०८२, बिहीबार
,
Latest
मन्त्री महावीरको अनुभब: कछुवा गतिको प्रशासन संयन्त्रबाट काम हुन निकै कठिन धान्द्रुके बाजेलाई त्रियासी वर्षमा नागरिकता एमाले महाधिवेशनमा ३६ जनाले मतदान गरेनन् एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तान तनावको असर नेपाल–भारत सीमामा



अ+ अ-

काठमाडौँ । भारत–पाकिस्तानबीचको तनावको असर नेपाल–भारत सीमामा समेत देखिएको छ ।

प्रहरी प्रधान कार्यालयले नेपाल–भारत सीमामा सुरक्षा शतर्कता बढाउन निर्देशन दिएको हो । सोही निर्देशनअनुसार भारतसँग जोडिएको सीमामा सुरक्षामा सुरक्षा कडाई धनुषामा समेत बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायव उपरीक्षक वरुणबहादुर सिंहले बताउनु भयो । उहाँले सीमामा आवत जावत गर्ने यात्रुको परिचय पत्र प्रमाणीकरण गर्नुका साथै आवतजावतको प्रयोजन र सवारी साधनको समेत रेकर्ड राख्न तदारुकता देखाइएको जिानकारी दिनुभयो ।

उहाँले भारत र पाकिस्तानबीच देखिएको विवादलाई मध्यनजर गरेर प्रहरी प्रधान कार्यालय, मधेस प्रदेश प्रहरी कार्यालयबाट भएका निर्देशनलाई कार्यान्वयन गरिरहेको बताउनु भयो । सीमामा हुने आवागमनलाई व्यवस्थित र सुरक्षित बनाउन लागिरहेको जानकारी दिनुभयो । आउने र जाने प्रयोजन रेकर्ड गरेर मात्रै आवतजावत गर्न दिने व्यवस्था मिलाइएको बताउनु भयो ।

यसअघि सीमावर्ती भारतीय बजार क्षेत्र वा सीमावर्ती भारतबाट आवतजावत गर्न अर्थात स्थल मार्गबाट दुवै देशका नागरिक बिना रोकावट आउने जाने गर्दथे ।