३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तान द्वन्द्व : भारतका ३२ विमानस्थल ५ दिनका लागि बन्द



अ+ अ-

काठमाडौं । भारत–पाकिस्तानबीच तनाव बढेपछि भारतका ३२ वटा विमानस्थल ५ दिनका लागि बन्द गरिएको छ । भारतको नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले देशका उत्तर र पश्चिम भागमा पर्ने ३२ विमानस्थलबाट हुने उडानमा प्रतिबन्ध लगाएको हो ।

महानिर्देशनालयले यो प्रतिबन्ध १५ मे बिहान ५:२९ सम्म लागु हुने जनाएको छ । नागरिक उडान प्रतिबन्धित विमानस्थलहरूमा उधमपुर, अम्बाला, अमृतसर, अवन्तीपुरा, बठिण्डा, भुज, बिकानेर, चण्डीगढ, हलवारा, हिंडन, जैसलमेर, जम्मू, जामनगर, जोधपुर, काण्डला, काँगडा (गग्गल), केशोद, किशनगढ, कुल्लू मनाली (भुन्तर), लेह, लुधियाना, मुन्द्रा, नालिया, पठानकोट, पटियाला, पोरबन्दर, राजकोट (हीरासर), सरसावा, शिमला, श्रीनगर, थोईस र उत्तरलाई हुन् ।

एयर इण्डियाले सामाजिक सञ्जाल एक्समा दिएको जानकारीका अनुसार सरकारी निर्देशन अनुसार जम्मू, श्रीनगर, लेह, जोधपुर, अमृतसर, चण्डीगढ़, भुज, जामनगर र राजकोटका लागि हुने उडानहरू १५ मे बिहान ५:२९ बजेसम्म रद्द गरिएका छन् ।