५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री शाहद्वारा सुरक्षा निकायका प्रमुखसँग छलफल



अ+ अ-

कैलाली। सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुरक्षा निकायका प्रमुखहरूसँग प्रदेशको समग्र शान्ति सुरक्षाको अवस्थालगायत विविध विषयमा छलफल गर्नुभएको छ ।

आज धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रदेशको शान्ति सुरक्षासम्बन्धी समसमायिक विषयमा छलफल गर्नुभएको हो । छलफलमा लागुऔषध नियन्त्रण, सीमामा हुने आपराधिक क्रियाकलाप नियन्त्रण र सीमा क्षेत्रमा सहज आवागमनका विषयमा छलफल भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।

आपराधिक क्रियाकलाप नियन्त्रण गर्न र चोरीका घटना वृद्धि भएको अवस्थामा सीमामा निगरानी कडाइ गरिएको सुरक्षा निकायले छलफलमा जानकारी गराएका छन् । लागुऔषध प्रयोगकर्ताभन्दा व्यापारीलाई समात्न सुरक्षा प्रभावकारिता बढाइएको सुरक्षा निकायका प्रमुखले बताएका छन् ।

छलफलमा प्रदेश सरकारका मन्त्री, सचिव, प्रमुख जिल्ला अधिकारी सुरक्षा निकायमा प्रमुख तथा प्रतिनिधिलगायत सहभागिता थिए । रासस