३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

पत्रकार झापालीको ‘हिजाब’ सार्वजनिक



अ+ अ-

काठमाडौँ। पत्रकार गोपाल झापालीको कथा सङ्ग्रह ‘हिजाब’ सार्वजनिक भएको छ । भुँडीपुराण प्रकाशनले प्रकाशन गरेको उक्त कथा सङ्ग्रह आजदेखि बजारमा आएको हो ।

कथा सङ्ग्रहको भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल तथा मन्त्रालयका सचिव केशवकुमार शर्माले संयुक्त रुपमा विमोचन गर्नुभयो । दुई सय ४२ पृष्ठको सङ्ग्रहमा लामा तथा छोटा गरी २१ कथाहरू समेटिएका छन् ।

केही कथा स्वैरकल्पनाका आधारमा लेखिएको कथाकार झापालीले बताउनुभयो । विभिन्न कालखण्डमा लेखिएका कथा तथा लघुकथा समेटेर सङ्ग्रह प्रकाशन गरिएको उहाँले जानकारी दिनुभयो ।

विगत दुई दशक बढी समयदेखि विभिन्न छापा तथा विद्युतीय माध्यममा सञ्चार कर्म गर्दै आउनुभएका झापालीका कथा, निबन्ध तथा अन्य फुटकर रचनाहरू प्रकाशन हुँदै आएका छन् ।रासस