२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

नीति तथा कार्यक्रममाथिको छलफल जारी

नीति तथा कार्यक्रममाथिको छलफल जारी
अ अ+ अ-

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते सङ्घीय संसद्को संयुक्त बैठकमा पेस गर्नुभएको सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि छलफल आज पनि जारी छ ।

प्रतिनिधिसभाको आजको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद शान्ति श्रेष्ठले बालबालिकाको समग्र पक्षको विकासका लागि सरकारले छुट्टै बजेट व्यवस्था गर्नुपर्ने माग गर्नुभएको छ ।

सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा उहाँले भन्नुभयो, “हजारौँ सडक बालबालिका, अभिभावकविहीन बालबालिका, हजारौँ नेपाली नागरिक आमाबाट जन्मिएका सन्तानले जन्मदर्ता पाएका छैनन्, तिनीहरूका बारेमा पटकपटक सदनमा कुरा उठेको छ, तर अझै पनि नेपाली बालबालिकालाई नेपाली नागरिक हो भन्ने पहिचानसमेत दिन सकिएको छैन ।

उहाँले नीति तथा कार्यक्रमको ८१ नम्बर बुँदामा ‘बालबालिकाको शारीरिक तथा मानसिक विकास र संरक्षण गरिने छ । सडक बालबालिकाका लागि पारिवारिक पुनर्मिलन, सामाजिक पुनस्र्थापना र वैकल्पिक हेरचाहको व्यवस्था मिलाइने छ । बाल हेल्पलाइन सेवालाई नागरिक एपसँग जोडिनेछ’ भनिए पनि त्यसका लागि छुट्टै नीतिको आवश्यकता पर्नेमा जोड दिनुभयो ।

सरकारले बालबालिकासम्बन्धी सही तथ्याङ्कसमेत राख्न नसकेको उल्लेख गर्दै सांसद श्रेष्ठले सडक बालबालिका, अभिभावकविहीन बालबालिका, नेपाली आमाबाट जन्मिएका बालबालिकाको व्यवस्थापनका लागि सरकारले छुट्टै नीति बनाएर जन्मदर्ता र नागरिकता वितरण गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले भन्नुभयो, “धेरै बालबालिका लागुऔधष दुव्र्यसनबाट प्रभावित छन्, बाल सुधारगृहमा अघिल्लो वर्ष घटेका घटनाबारे हामी सबैलाई सर्वविदितै छ, विभिन्न समूहका बालबालिकाको जिम्मा दिए पनि आवश्यक कार्यक्रम बनाएर सुधार गर्न र सुरक्षित राख्नुपर्ने देखिन्छ ।

उहाँले संविधानको धारा ३९ मा उल्लेख ‘प्रत्येक बालबालिकालाई परिवार तथा पालनपोषण, उचित स्याहार, खेलकुद, मनोरञ्जन तथा सर्वाङ्गीण व्यक्तित्व विकासको हक हुनेछ’ भन्ने व्यवस्थालाई सरकारले नीति तथा कार्यक्रम र बजेटमार्फत सम्बोधन गर्नुपर्ने माग गर्नुभयो । बालबालिकालाई दिइँदै आइएको पोषण भत्तालाई रु ५३२ बाट बढाएर रु एक हजार बनाउनुपर्ने माग पनि उहाँले गर्नुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद चन्द्रबहादुर विश्वकर्माले सरकारले ल्याएको नीति तथा कार्यक्रमप्रति ५ मिनेट मौन बसेर असहमति जनाउनुभएको छ ।

सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रममाथिको छलफलमा समामुखले उपलब्ध गराउनुभएको ५ मिनेटको समयभरि रोस्टममा मौन रहेर उहाँले असहमति जनाउनुभएको हो ।

नेपाली कांग्रेसका सांसद सीताकुमारी रानाले नीति तथा कार्यक्रमलाई पूर्णरूपमा कार्यान्वयन गर्न उचित बजेटको व्यवस्था गर्नुपर्ने माग गर्नुभयो । उहाँले भन्नुभयो, “नीति तथा कार्यक्रमले सामाजिक रुपान्तरण, सुशासन र सामाजिक न्याय, सुखी नेपाली, समृद्ध नेपालको आकाङ्क्षा पूरा गर्न विभिन्न कार्यक्रम गरेको देखिन्छ, जुन आफैँमा सकारात्मक छन् ।

उहाँले सरकारले ल्याएको नीति तथा कार्यक्रममा समावेश ‘रोजगारीका अवसर सिर्जना र गरिबी निवारणका लागि सार्वजनिक, सहकारी र निजी क्षेत्रबीच सहकार्य प्रवर्द्धन गरिनेछ । उच्च, दिगो र फराकिलो आर्थिक वृद्धिका लागि सार्वजनिक निजी साझेदारीलाई प्रोत्साहन गर्नुका साथै वित्तीय तथा मौद्रिक नीतिबीच सामञ्जस्यता कायम गरिनेछ’, भन्ने विषयलाई बजेटमाफर्त व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

सांसद रानाले भूमिहिन दलित र सुकुम्वासी तथा अव्यवस्थित बसोबासलाई वितरण गर्ने विषय नीति तथा कार्यक्रममा समावेश गरिए पनि कार्यान्वयन हुने÷नहुनेमा आशङ्का व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “२०५१ सालदेखि अहिलेसम्म सुकुम्वासी समस्या समाधन आयोग, राष्ट्रिय भूमि आयोग र भूमि समस्या समाधन आयोग गरी नाम बदल्दै आठ वटा आयोग बनिसके, आयोग बन्ने तर समस्या समाधान नहुने स्थितिले सुकुम्वासी नागरिकमा विश्वास हराएको छ ।

ऐतिहासिक पुरातत्त्व र सांस्कृतिक महत्त्व बोकेका सम्मपदाहरूलाई विश्व सम्पदा सूचीमा समावेश गर्दै उचित प्रवर्द्धन गर्ने विषय नीति तथा कार्यक्रममा सधैँ राखिएपनि बजेटको व्यवस्था हुन नसकेको उहाँको भनाइ छ । रासस