२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar गृहमन्त्री गुरुङको अपिल : बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई तत्काल सुरक्षित स्थानमा जान आग्रह News Polar बूढीगण्डकीको बाढीबाट प्रभावितको उद्धार र राहतमा जुट्न कांग्रेस सभापति थापाको अपिल News Polar बुढीगण्डकीमा भीषण बाढीः आरुघाटको पुल बगायो, धादिङ–गोरखा सम्पर्क विच्छेद News Polar ह्वाइट हाउसको नयाँ प्रेस सेक्रेटरीमा क्याटी जाचारिया नियुक्त News Polar स्वतन्त्र राज्यहरूको राष्ट्रमण्डल (सीआईएस) द्वारा रणनीतिक साझेदारी विस्तार गर्ने प्रतिवद्धता News Polar बूढीगण्डकी बाढीः सोती र माछीखोलाका पुल बगे, चार जनाको अवस्था अज्ञात News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना

युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन

युएईका राजदूतद्वारा नोबेल ब्राण्डका सामग्रीको बिक्रीकक्षको उद्घाटन
अ अ+ अ-

काठमाडौँ। दुबईमा उत्पादित घरायसी विद्युतीय सामग्रीको आधिकारिक बिक्री नेपालमा सुरू भएको छ । नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले नेपालमा नोबेल ब्राण्डको औपचारिक सुरूआत गरेको हो ।

यो ब्राण्ड दक्षिण एसियामा पहिलोपटक नेपाल भित्रिएको कम्पनीले उल्लेख गरेको छ । नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत अब्दुल्ला सइद मुबारक जर्वान अलशाम्सीले काठमाडौँ बत्तीसपुतलीमा सुरू भएको बिक्रीकक्षको आज उद्घाटन गर्दै नेपाली उपभोक्तामाझ दुबईको घरायसी विद्युतीय सामग्री भित्रिएकामा खुसी व्यक्त गर्नुभयो ।

उहाँले घरायसी इलेक्ट्रोनिक्स एप्लायन्सको गुणस्तर सुनिश्चित र उपभोक्ताको पहुँच अभिवृद्धि गर्न कम्पनीले ध्यान दिनुपर्ने खाँचो औँल्याउनुभयो । काठमाडौँमा मुख्य ‘बिक्री कक्ष’ र विराटनगरमा शाखा खोलिएको कम्पनीले जनाइएको छ । विशेषगरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट–इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ ।

यो ब्राण्ड २६ भन्दा बढी देशहरूमा विस्तार भएको छ । उपभोक्तालाई गुणस्तर र भरपर्दो सेवामा नयाँ मापदण्ड स्थापित गर्दै आएको कम्पनीको दाबी छ ।

उपभोक्ताको सन्तुष्टिका लागि गुणस्तरीय र भरपर्दो सेवा दिने उद्देश्यले नोबेल ब्राण्ड नेपाल भित्र्याइएको कम्पनीका महाप्रबन्धक सञ्जिता कार्कीले बताउनुभयो । “हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेसमार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ”, उहाँले भन्नुभयो, “हाम्रो उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पूरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्छ ।”

यो ब्राण्डले युरो, चीन, भारत, टर्कीलगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गरेर भरपर्दो र अत्याधुनिक उत्पादनहरू बजारमा पुर्याएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

नोबेलले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अवसरहरू दिएको जनाएको छ । नोबेलका रेफ्रिजेरेटर, वासिङ मेसिन, एयर कन्डिस्नर, माइक्रोवेभ, टिभी, आइरनलगायत उत्पादन रहेका छन् । सबै प्रकारका उपभोक्तालाई गुणस्तरीय सामग्री उपलब्ध गराइएको जनाइएको छ ।रासस