२६ भाद्र २०८३, शुक्रबार
,
Latest
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारत–पाकिस्तान तनावका कारण स्थगित आईपीएलको ७ दिनपछि नयाँ तालिका सार्वजनिक गरिने



अ+ अ-

एजेन्सी । भारत र पाकिस्तानबीच बढ्दो द्वन्द्वका कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई)ले आईपीएल एक हप्ताको लागि स्थगित गरेको छ । बीसीसीआईका उपाध्यक्ष राजीव शुक्लाले शुक्रबार यो जानकारी दिए ।

उनले भने, ‘यो अब एक हप्ताको लागि स्थगित गरिएको छ । नयाँ तालिका एक हप्ता पछि जारी गरिनेछ ।’

यसैबीच, मिडिया रिपोर्टका अनुसार सबै विदेशी खेलाडीहरूलाई आफ्नो देश फर्कन भनिएको छ । नयाँ मिति घोषणा भएपछि उनीहरूलाई जानकारी गराइनेछ ।

हाल आईपीएलमा १२ लिग खेल र ४ प्लेअफ खेल बाँकी छन् । प्रतियोगिताको फाइनल मे २५ मा हुने तय भएको थियो । यसैबीच, अगस्टमा हुने भारतको बंगलादेश भ्रमण समेत रद्द हुने अनुमान गरिएको छ ।

हिजो राति करिब पौने ९ बजे पाकिस्तानले भारतको जम्मू, पञ्जाब र राजस्थान सीमामा मिसाइल र ड्रोनले आक्रमण गर्यो। यसै क्रममा हिमाचल प्रदेशको धर्मशालामा पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीच खेल भइरहेको थियो । यसलाई बीचैमा रोक्नुपर्यो ।

पहिले ब्याटिङ गरेको पञ्जाबले १०.१ ओभरमा १ विकेट गुमाउँदै १२२ रन बनाएको थियो । त्यसपछि मैदानको फ्लडलाइटहरू निभाइयो र दर्शकहरूलाई घर पठाइयो । युद्धको अवस्थाका कारण शहरमा ब्ल्याकआउट लगाइयो र खेल रद्द गरियो । यो लिग चरणको ५८ औं खेल थियो ।