२६ भाद्र २०८३, शुक्रबार
,
Latest
पहिरोले हुङ्गा खोला थुनियो, दुधकोशी तटीय क्षेत्रमा सावधानी अपनाउन आग्रह बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद चिलिमे जलविद्युत् गृहमा फसेका कर्मचारीको उद्धारमा थप आशा, करिब १०० मिटर सुरुङ बाँकी सूचना प्रविधिमा विदेशी लगानीकर्ताको आकर्षण पाठ्यभार घटाउँदै एआईसम्म, राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनका लागि सातै प्रदेशबाट सुझाव बाबुराम भट्टराईको आह्वान : ‘किनेर खाँदा स्वदेशी स्याउ मात्रै किनौँ’ गोकर्णेश्वर महादेव मन्दिरमा पितृभक्तको घुइँचो ‘ब्रिक्स’ सम्मेलनको पूर्वसन्ध्या : लगानीको ‘टिप’ बाट सुरु भएको ‘ब्रिक्स’ कसरी बन्यो पश्चिमा एकाधिकार हल्लाउने… इभीमा आगलागी, चालकको मृत्यु एनभिएलःकाठमाडौँ र कर्णाली फाइनलका लागि भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बाढीपछिको खोज तथा उद्धारमा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा न्यूजिल्यान्डलाई धन्यवाद



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्यान्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।

वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिइएको जानकारी गराउनुभयो। उहाँले बाढीमा बेपत्ता भएका सबै नागरिकको खोजी कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताउनुभयो।

प्रधानमन्त्री शाहले विपद्पछिको मानवीय सहयोगका लागि न्यूजिल्यान्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्यान्ड डलर बराबरको सहयोगप्रति कृतज्ञता व्यक्त गर्नुभयो।

नेपाल जलवायुजन्य विपद्का दृष्टिले उच्च संवेदनशील राष्ट्र रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउने प्रयासमा न्यूजिल्यान्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गर्नुभयो।

टेलिफोन वार्ताका क्रममा न्यूजिल्यान्डका प्रधानमन्त्री लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्यान्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गर्नुभयो। उहाँले विपद्को यस कठिन अवस्थामा नेपालप्रति न्यूजिल्यान्डको समर्थन रहेको सन्देश दिनुभयो।