८ जेष्ठ २०८२, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष नेपाल अस्पताल भर्ना, कस्तो छ अहिले स्वास्थ्य ?



file
अ+ अ-

काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उनी उपचारका लागि भर्ना भएका हुन् ।

उनको निजि सचिवालयका अनुसार बिहिबार नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल गएकामा मुटुको एञ्जीओग्राम परीक्षण गर्दा रक्तनलीमा देखिएको अवरोध खुलाउन एञ्जीओप्लाष्टी गर्नुपर्ने चिकित्सकहरुको सुझाव अनुरुप हिजो नै उनको एञ्जीओप्लाष्टी गरिएको थियो ।

सेन्टरका कार्यकारी निर्देशक तथा इन्टरभेन्सन कार्डियोलोजिष्ट प्रा.डा. रत्नमणी गजुरेलको नेतृत्वमा रहेको चिकित्सकहरुको टोलीले गरेको उक्त उपचार पश्चात अध्यक्ष नेपालले पूर्ण स्वास्थ्यलाभ लिँदै रहेको सचिवालयले जनाएको छ ।

पूर्ण स्वास्थ्यलाभ पश्चात उनी छिट्टै नियमित काममा फर्किने पनि सचिवालयले जानकारी गराएको छ ।